साउदीमा अलपत्र ६ नेपालीको उद्धार « Khabarhub

साउदीमा अलपत्र ६ नेपालीको उद्धार



दोहा – रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका ६ जना नेपालीको उद्धार गरिएको छ । करिब एक वर्ष र छ महिनाअघि देखि साउदी पुगेर इकामा नवीकरण नभएर अलपत्र परेका ११ जना मध्य ६ जनाको उद्धार गरिएको हो ।

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अल कासिम साउदी अरबका सचिब ध्रुब कटुवालका अनुसार इकामा नवीकरण नभएर कामविहीन भएका ११ जना नेपालीहरुलाई आरसिसी अल-कासिमको समन्वय र नेपाली दूतावास रियादको पहलमा ११ जनाकै एक्जिट (बहिर्गमन) भिसा लागेको हो। तीमध्ये ६ जनालाई नेपाल फर्काइएको र बाँकी ५ जना टिकटको पर्खाइमा रहेको जनाइएको छ।

महोत्तरीका राम जीवन दास काथवनिय, सिरहाका शिव सुन्दर मन्डल, प्रमोद कुमार मन्डल, बिशाल सर्मा तिवारी, इश्वरी प्रशाद भुसाल, सन्तोष कुमार मन्डल, रौतहटका निरन्जन साह, राजेस बैठा, सुभ नारायण राय यादव र बाराका स्यामबाबु प्रसाद यादव र छोटेलाल यादवलाई जेद्धा हुँदै गत २० अक्टोबर महिनामा साउदी लेबरकोर्टमा लागिएको थियो ।

आरसिसी अल कासिम संरक्षक तथा अल कासिमका लागि नेपाली दूतावास प्रतिनिधि बिशाल श्रेष्ठको पहलमा एक्जिट (बहिर्गमन भिसा) लगाइएको थियो । काठमाडौँमा रहेको प्रतिज्ञा म्यानपावरबाट साउदीको जेद्धामा अबस्थित एसिसी कम्पनीमा पुगेका उनीहरुलाई कम्पनीले छ महिनाको मात्र इकामा लगाई दिएको र पछि इकामाको म्याद सकिएपछि नवीकरण नगरी दिएपछि तीन महिनाअघि अल कासिम पुगेका थिए ।

कासिममा पनि खानाको समस्या भएपछि प्रतिज्ञा ओभरसिससँग समन्वय गरेर खानाको लागि केही रकम उपलब्ध गराइएको थियो । पछिल्लो समय साउदीमा इकामाको म्याद सकिएर कम्पनीले नवीकरण नगरी दिँदा अलपत्र परेका नेपालीहरुलाई दूतावासका प्रतिनिधि श्रेष्ठ र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अल कासिमले उद्धार गरी नेपाल फर्काउँदै आएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : १८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।