राजस्व चुहावट गरेको आरोपमा मुद्दा | Khabarhub Khabarhub

राजस्व चुहावट गरेको आरोपमा मुद्दा


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ । सर्लाहीको हरिवन नगरपालिका-११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध रु २५ लाख बिगो बराबरको राजस्व चुहावट गरेको दाबीसहित विभागले उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गरेको हो । 

विभागले झण्डै २५ लाख बिगो र सजाय हुने बिगो २५ लाख गरी झण्डै ५० लाखको असूलउपर गरी हदैसम्मको सजायको माग गरेको छ । यस्तै विभागले दर्ता गरेको आरोपपत्रमा उक्त कपडासहित ओसारपसारमा संलग्न सवारीसाधान पनि जफत गर्न माग गरेको छ । विश्वकर्माले सञ्चालन गर्दै आएको प्रदेश २-०३-००१ ख १९९७ नम्बरको ढुवानीको साधनमार्फत बिल नभएका ठूलो परिमाणका कपडा लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा बरामद भएकाले उनीहरूले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले आज एक सूचना जारी गरी जनाएको छ । 

उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य रहेको जिकिर गरिएको छ । सोही ऐनको दफा ४ (क), (ख)र (झ) बमोजिम राजस्व चुहावटको कसूर गरेको पुष्टि हुन आएकाले ट्रकसहितको कपडा बरामद गरी मुद्दा दर्ता गरेको विभागले जनाएको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : २७ बजे

मुगुमा यार्सा संकलनका क्रममा चारजनाको मृत्यु, एक सिकिस्त

मुगु– मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको लेक लागेर मृत्यु

टी-२० विश्वकप : को बन्न सक्छन् नायक ?

सन् २००७ को समय, एक दिवसीय क्रिकेटमा रोमाञ्च थियो। संसारका

म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ ।

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडलाई उपाधि

काठमाडौं– युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडले जितेको