रसुवामा दुई वटा अस्थायी मतदान केन्द्र थपिए | Khabarhub Khabarhub

रसुवामा दुई वटा अस्थायी मतदान केन्द्र थपिए


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फमा राष्ट्रसेवक र अन्य मतदातालाई  मतदानमा सरिक गराउने नीतिअनुरूप कारागार एवं  जिल्ला समन्वय समितिको परिसरमा एक-एक वटा अस्थायी मतदान केन्द्र  राख्ने निर्णय भएको  जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

कारागारको मतदान केन्द्रबाट अस्थायी मतदाता सूचीमा नामदर्ता भएका १४ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने र  जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट सुरक्षा निकायको साथै  निजामती  कर्मचारी  मतदान गर्न पाउने छन् । समानुपातिकतर्फ मतदान गर्न पाउने राष्ट्रसेवकमध्ये निजामतीमा छ सय १२, नेपाली सेनाका ७२, सशस्त्र प्रहरी बलका ५७ र नेपाल प्रहरीका ३७ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

 तीमध्ये ५० प्रतिशत राष्ट्रसेवक जिल्लाभित्र रहने मतदान केन्द्रमा खटिने भएकाले ती कर्मचारीको हकमा खटिएकै मतदान केन्द्रबाट र धुन्चे क्षेत्रमा रहने करिब  ५० प्रतिशत  राष्ट्रसेवकले जिल्ला समन्वय समितिको परिसरमा रहने मतदान केन्द्रबाट मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी  थापाले बताए ।

यस्तै आसन्न निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रमा खटिएका एक सय १२ मतदान तथा सहायक मतदान अधिकृतलाई यथेष्ट ज्ञान बढाउन दुई चरणमा तालिम प्रदान गरिएको छ । तालिमका अवसरमा मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल, प्रजिअ नवराज जैसी, प्रमुख कोष नियन्त्रक हेमराज पौडेल निर्वाचन अधिकारी थापा समेतले मतदान केन्द्रमा पर्नसक्ने चुनौती र त्यसको निराकरणका उपायमा दिशानिर्देश गर्दै  शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जस्ता विविध विषयमा प्रशिक्षण दिएका थिए ।

मङ्सिर ४ गते समानुपातिकका अस्थायी मतदाताबाहेक रसुवा जिल्लाको भू-भागमा स्थायी बसोबास गरेका कूल ३९ हजार चार सय ५९ मतदाताले मतदान गर्ने  जनाइएको छ । जिल्लाको दूरदराजको क्षेत्र लाङ्टाङ्गो मुण्डुमा रहने मतदानका लागि राष्ट्रसेवक कर्मचारी आज बिहान प्रस्थान गरेका छन् ।

 दुई दिनको पैदल दूरी पश्चात् पुग्न सकिने सो क्षेत्रका लागि मतपत्रलगायतका निर्वाचन सामग्री आवश्यक सुरक्षाका साथ पठाइएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभित्रका ५२ वटै मतदानकेन्द्रमा १ गतेसम्म मतदानका लागि खटिएका सबै कर्मचारी एवं सुरक्षाकर्मी पुगिसक्ने बताइएको छ ।  

यस्तै निर्वाचनको सन्दर्भमा महिला सहभागिताको बारेमा अनुगमन गर्न महिला आयोगको एक टोलीले रसुवाको अध्ययन भ्रमण सम्पन्न गरेको छ । महिला आयोगका अध्यक्ष कमला पराजुली सहितको एक टोलीले रसुवा जिल्लाको राजनीतिमा महिलाको पहुँच, महिला हिंसाको अवस्था, राज्यबाट दिने सेवा सुविधा, शिक्षा स्वास्थ्य, जस्ता विषयमा अवलोकन गरेका थिए ।

 विशेषगरी महिला आयोगका अध्यक्ष पराजुलीसहितको टोलीले हिमाली क्षेत्रका महिलाको स्वास्थ्य अवस्था र उपचारको पहुँचका बारेमा जिल्ला अस्पतालसँग परामर्शसमेत गरेको थियो ।

परामर्श छलफलमा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शान्ति भुर्तेल र महिला आयोगबीच अबका दिनदेखि महिलालाई गरिएको उपचार सेवा छुट्टै अभिलेख राख्ने र सामान्य उपचार, महिला हिंसा बलात्कार वा अन्य के कस्तो अवस्थाबाट कस्तो खाले उपचार गरियो अस्पतालले अभिलेख बनाई सुरक्षित राख्ने सहमति भएको जनाइएको छ ।

–ज्ञानेन्द्र न्यौपाने रासस

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ४ : ११ बजे

जर्मनका राष्ट्रपतिले गरे राजनीतिक ‘हिंसा’ को निन्दा

काठमाडौं– जर्मन राष्ट्रपति फ्रांक-वाल्टर स्टिनमियरले बिहीबार कार्यस्थलमा वा अभियानका क्रममा

७ कारोबार दिनमै १३८ अंकले बढ्यो नेप्से, यसकारण आयो उछाल

काठमाडौं – शेयर बजारले जेठ महिनामा सुखद सुरुवात गरेको छ

दर्शकको घेरामा आर्यन र प्रदीप, फ्यानले किन लगाए नारा ?

काठमाडौं– आजबाट दुई फिल्म प्रदर्शनमा आएका छन् पुजार सार्की र

जीवन परियारले भने : रविलाई छाडेर गोलमोटोल भाषाले छानबिन अघि बढ्दैन

काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

काठमाडौं– पाकिस्तानका पेट्रोलियम मामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात