बुटवल-नारायणगढ सडक विस्तारमा आयोजना कार्यालयको ध्यानाकर्षण | Khabarhub Khabarhub

बुटवल-नारायणगढ सडक विस्तारमा आयोजना कार्यालयको ध्यानाकर्षण


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बुटवलबुटवल-नारायणगढ सडक विस्तारको कामलाई तीव्रता दिन बुटवल उपमहानगरपालिकाले आयोजना कार्यालयको ध्यानाकर्षण गराएको छ । बुधबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नारायणगढ-बुटवल सडक आयोजना (पश्चिम) का प्रमुख प्रदीपराज शाक्य, परामर्शदाताहरू शुभम सैजु र सुरेश विष्टसँग छलफल गर्दै सडक विस्तारको काम बुटवलबाट सुरु गर्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र पूर्वाधार विकास शाखाका प्रमुख गौतम रौनियार र आयोजना पक्षको उपस्थितिमा बुटवल उपमहानगरपालिकाको कार्यालयमा भएको छलफलमा प्रमुख पाण्डेयले सडक विस्तारको काम समयमा नहुँदा दुर्घटना बढेको, धुलोका कारण आसपासको वस्ती र व्यवसाय प्रभावित भएको, सहर कुरुप भएकोलगायतका विषयलाई पनि चासो दिन ध्यानाकर्षण गराए । 

‘उतिबेला बुटवलबाट सडक विस्तारको काम हुन्छ भनिएको थियो, तर सडक विस्तारको काम भनेजसरी सुरु हुन सकेको छैनु, उनले भने, ुयसमा आयोजना कार्यालयले बुटवल क्षेत्रको अवस्थालाई बुझेर सोहीअनुसार विस्तारको काम अघि बढाउनुस्, हामी कसरी सहकार्य र सहयोग गर्नुपर्ने हो, हामी तयार छौं ।’

नगरप्रमुख पाण्डेयले रामनगरस्थित पशु वधशाला जाने बाटोको व्यवस्थापन गर्नका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे । ‘सडकको डिजाइनमा पशु वधशाला जाने बाटो रहेनछ, वधशाला निर्माण भइसकेको छ, त्यहाँ जाने बाटो पनि डिजाइनभित्र राखेर व्यवस्थापन गर्ने कुरामा योजना कार्यालयले सहजीकरण गर्नुपर्छ’ उनले भने ‘बधशालामा जाने बाटो डिजाइनमा राखेर दीर्घकालीन रूपमै व्यवस्थापन होस् भन्ने हाम्रो चाहना हो ।’

छलफलका क्रममा आयोजना प्रमुख प्रदीपराज शाक्यले सडक विस्तारको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए । उनले निर्वाचनलगत्तै सडक विस्तारलाई अघि बढाउने गरी तयारी भएको बताए । रामनगरस्थित पशु वधशाला जाने सडक निर्माणका लागि डिजाइनमै राखेर काम अघि बढाउने उनले बताए ।

बुटवल-नारायणगढ सडक निर्माण भएको ५७ वर्षपछि फराकिलो गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो । अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ ।

२०७५ चैत ८ गते बुटवलबाट तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबाट शिलान्यास भएको सडक कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको आयोजना प्रमुख शाक्यले बताए । गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहेको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ४१ बजे

पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै नेपाल, सुपर आठमा पुग्न जित्नै पर्ने दबाब

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ : गृहमन्त्री लामिछाने

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

सिटिइभिटीको ल्याबभित्रै क्रिप्टोसम्बन्धी कारोबार, दुई जना पक्राउ

काठमाडौं – सिटिइभिटीको ल्याबमा क्रिप्टोसम्बन्धीको कारोबार भएको पाइएको छ ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति टुंगाउने तयारी

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि

गण्डकीमा बाँदर प्रकोप नियन्त्रण गर्न कृषि हेरालो

गण्डकी – गण्डकी प्रदेश सरकारले बाँदर प्रकोप नियन्त्रणका लागि कृषि