ओमनको तटपारी ट्याङ्करमा भएको आक्रमण ‘इरानी उक्साहट’ को परिणाम : इजरायल « Khabarhub

ओमनको तटपारी ट्याङ्करमा भएको आक्रमण ‘इरानी उक्साहट’ को परिणाम : इजरायल


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायलले ओमानको तटपारी ट्याङ्करमा भएको आक्रमण ‘इरानको उक्साहट’ को परिणाम भएको आरोप लगाएको छ । कतारमा विश्वकप सुरु हुनुअघि ‘वातावरण बिगार्ने’ उद्देश्यले आक्रमण गरिएको एक इजरायली अधिकारीले बुधबार एएफपीसँग बताएका छन् ।

नाम नबताउने शर्तमा ती अधिकारीले भने, “युक्रेनमा प्रयोग गर्नका लागि रूसलाई इरानले बेचेको वारहेडले सुसज्जित मानवरहित विमान ड्रोन शाहेद १३६ द्वारा ओमनी तटीय क्षेत्रमा ट्याङ्करमाथि आक्रमण भएको भेटिएको छ ।”

इजरायली अधिकारीले इजरायली अर्बपति इदान ओफरको स्वामित्वमा रहेको ट्याङ्करमा भएको आक्रमण इजरायलविरुद्ध ‘इरानी विजय’ भएको भन्ने आरोपलाई अस्वीकार गरेका छन् । “यो इजरायली ट्याङ्कर होइन,” ती अधिकारीले भने ।

इरान र इजरायलबीच लामो समयदेखि शत्रुता रहँदै आएको छ । दुई राष्ट्रबीच ‘छायाँ युद्ध’ का कारण दुबै पक्षका पानीजहाजमाथि आक्रमणको लहर चलेको छ, जसमा उनीहरूले एकअर्कालाई दोष दिने गरेका छन् ।

सन् २०२१ को जुलाई २९ मा ओमानको समुद्री तटबाट उडिरहेको एमभी मर्सर स्ट्रिटमा इजरायलसँग सम्बन्धित ट्याङ्करमा भएको ड्रोन आक्रमणमा एक पूर्व बेलायती सैनिक र एक रोमानियाली नागरिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ३८ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका