एमालेले स्थानीय विकासको नाममा भ्रमको खेती गर्यो : डा नारायण खड्का « Khabarhub

एमालेले स्थानीय विकासको नाममा भ्रमको खेती गर्यो : डा नारायण खड्का


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले नेकपा एमालेले स्थानीय विकासको नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् ।

त्रियुगा नगरपालिका–१० मा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

उनले जनता आवास कार्यक्रममार्फत दलित समुदायलाई घर निर्माण गर्न सहयोग गरेको र गत निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा गरेको बताए । त्रियुगा नदीमा बाँध बाँध्ने कामको सुरुवात र सगरमाथा विमानस्थल निर्माण भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा वाम गठन्धनका प्रदेशसभा १ (२) का उम्मेदवार हिमाल कार्कीले एमालेले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफूहरुका पहलमा भएका विकासका काममाथि भ्रम छर्ने काम गरेको आरोप लगाए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुरेश राई, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य बलदेव चौधरीले संविधानको रक्षा गर्ने काम वाम लोकतान्त्रिक शक्तिले गर्ने बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ४६ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण