चुँदीरम्घालाई साहित्यिक धामका रूपमा विकास गर्ने नेता पौडेलको दाबी | Khabarhub Khabarhub

चुँदीरम्घालाई साहित्यिक धामका रूपमा विकास गर्ने नेता पौडेलको दाबी


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

डुम्रे– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यतर्फ तनहुँ क्षेत्र नं १ का लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय विभूति आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक धामका रूपमा विकास गर्ने बताएका छन्। 

भानु नगपालिका-२ गोठरीमा आज आयोजित चुनावीसभामा नेता पौडेलले भानु नगरपालिका-४ चुँदीरम्घासहित यस क्षेत्रलाई साहित्यिक धाम बनाइने बताएका हुन्। भानुको पवित्र जन्मस्थलमा जीवनमा एकपटक पुग्नैपर्ने स्थानका रूपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने उनको भनाइ थियो । 

उनले आसन्न निर्वाचनमा गठबन्धनतर्फका उम्मेदवारहरूलार्य विजयी बनाउन मतदाताहरूसमक्ष आग्रह गरे। उन्नत र स्वावलम्बी समाज निर्माण गर्न जीवनोपयोगी शिक्षा, सर्वसुलभ र भरपर्दो स्वास्थ्य सेवा र श्रमको सम्मान गर्ने संस्कृति आवश्यक रहेको नेता पौडेलले बताए। शिक्षालाई सीपमा, सीपलाई श्रममा, श्रमलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा र रोजगारीलाई बजारमा पुर्‍याउने नीति ल्याइने वरिष्ठ नेता पौडेलले प्रतिबद्धता व्यक्त गरे ।

तनहुँ क्षेत्र नं १ को प्रदेश ९१० बाट प्रदेशसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार अशोककुमार श्रेष्ठले समाज परिवर्तनको वेगलाई लोकतान्त्रिक तथा प्रगतिशील ऊर्जामा रूपान्तरण गर्न संविधानले जनतासँग गरेको समुन्नत नेपालको जग बसाल्ने कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : ०१ बजे

दमौलीमा पानीको हाहाकार, एक गाग्रीका लागि घण्टौँ लाइन बस्नुपर्ने

तनहुँ–  तनहुँको व्यास नगरपालिका– २  र ३ वडामा खानेपानीको हाहाकार

पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

पाल्पा– ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती

आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि