विश्व बैंकद्वारा वनमा आश्रित समुदायको उत्थानका लागि अनुदान सहयोग « Khabarhub

विश्व बैंकद्वारा वनमा आश्रित समुदायको उत्थानका लागि अनुदान सहयोग


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बैंक र ग्रामीण पुनःनिर्माण नेपाल (आरआरएन) बीच नेपालको वन क्षेत्रका आदिवासी/जनजाति र स्थानीय समुदाय (आइपिएलसिएस) को क्षमता अभिवृद्धि गर्न ४५ लाख अमेरिकी डलर अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपालमा आदिवासी/जनजाति र स्थानीय समुदायका लागि पाँचवर्षे अनुदान संयन्त्र परियोजनाले वनको दिगो व्यवस्थापन प्रक्रियाका लागि स्थानीय, राष्ट्रिय र विश्वव्यापीस्तरमा नेपालको रेड प्लस प्रक्रियामा सहभागी हुन समुदायको क्षमता अभिवृद्धि गर्न मद्दत गर्नेछ ।

यसले मधेस र लुम्बिनी प्रदेशका वनमा आश्रित समुदायको आम्दानी बढाउन र जीविकोपार्जनका अवसर सिर्जना गर्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

ग्रामीण पुनःनिर्माण नेपाल आयोजनाको राष्ट्रिय कार्यान्वयन निकाय हो । सम्झौतामा आज माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभा र ग्रामीण पुनःनिर्माण नेपालका अध्यक्ष डा. अर्जुन कार्कीले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरपछि सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले यस परियोजनाले नेपालका आदिवासी जनजाति र स्थानीय समुदायलाई कोष संयन्त्रका माध्यमबाट सहयोग गर्ने र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा योगदान दिने बताइन् ।

यसैगरी अध्यक्ष डा. कार्कीले परियोजनाले वनमा निर्भर आदिवासी जनजाति र स्थानीय समुदायलाई साना वन र गैर–वनमा आधारित व्यवसाय र रोजगारीका अवसरमार्फत जीविकोपार्जनमा आवश्यक सहयोग प्रदान गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : १७ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र