एमाले र राप्रपाको अप्राकृतिक गठबन्धनले दुर्घटना निम्त्याउनसक्छ : गृहमन्त्री खाण « Khabarhub

एमाले र राप्रपाको अप्राकृतिक गठबन्धनले दुर्घटना निम्त्याउनसक्छ : गृहमन्त्री खाण


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले नेकपा एमाले र राप्रपाको गठबन्धन अप्राकृतिक भएको भन्दै त्यसले दुर्घटना निम्त्याउनसक्ने बताएका छन् ।

आफूलाई अतिअग्रगामी बताउने एमाले र अतिपश्चगामी राप्रपाबीचको तालमेल कुनै पनि मानेमा मिल्न नसक्ने उनले बताए । सत्ता गठबन्धनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माला जप्ने एमाले र सङ्घीयता विरोधी, राजसंस्था पुनःस्थापनाको मुद्दा लिएर हिँडेको राप्रपाबीचको तालमेल के कुरामा मिलेको हो भनी प्रश्न गरे ।

उनले अहिले पनि सत्ता गठबन्धन अगाडि रहेको बताउँदै गठबन्धनलाई सफल बनाउने ऐतिहासिक दायित्वबाट नचुक्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री खाणले अन्य स्थानमा भन्दा रुपन्देहीमा गठबन्धनको आकार पनि ठूलो भएको भन्दै गठबन्धनलाई सक्षमताका साथ नेतृत्व दिनसकेमा जीत निश्चित रहेको बताए ।

मन्त्री खाणले रुपन्देहीलाई देश विकासको मोडल बनाउने प्रतिबद्धता व्यक्त गरे । कांग्रेसकै नेतृत्वमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको र अन्य ठूला योजनामा समेत कांग्रेसले नेतृत्व गरेको बताउँदै उनले आगामी दिनमा रुपन्देहीलाई उत्पादनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुवाहक मात्रै नभएर मालवाहक जहाज उडान गर्न चाहेको बताउँदै त्यसका लागि उत्पादनको केन्द्र बनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, “त्यो पनि हामी गर्छौं, अब कृषि, डेरी, पोल्ट्रीलगायतका अन्य आयोजना अगाडि बढाउनुपर्छ, त्यसका लागि हामीले काम गर्नेछौँ ।” उनले प्रदेशको राजधानी सार्दा रुपन्देही आसपासका मतदाताको मन कुँडिएको बताउँदै प्रदेश सरकारको निर्णयलाई ‘करेक्सन’ गर्नुपर्ने भनाइ राखे ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ३७ बजे

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी

औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन

 काठमाडौं – औषधि व्यवस्था विभागले मुलुकमा औषधिको आपूर्ति शृङ्खला व्यवस्थित बनाउन तथा

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं- सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक

संसद्‌मा नयाँ विधेयक दर्ता,अब विद्यालयमा राष्ट्रिय दल बनाएर सेनाले तालिम दिने

काठमाडौं– विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेर विद्यार्थीलाई सैन्य तालिम