शुक्रबार सन्तोषी माताको पूजाआराधना गर्नुहोस् « Khabarhub

शुक्रबार सन्तोषी माताको पूजाआराधना गर्नुहोस्


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्त्व फरक छ। यही फरक महत्त्वलाई बुझ्न सके दैनिकी सहज बन्नेछ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ। व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ।

यीनीहरुको व्रत विधि भने अलगअलग हुन्छन्। यो दिन सेतो कपडा लगाउनु पर्छ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ। शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुखशान्ति तथा मनोकांक्षा पूरा हुनेछ।

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ। रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ। शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ। शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ५ : ४९ बजे

माधव नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र

मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार

एजेन्सी– अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा हजारौँ मतपत्र अलग राख्न बाध्य

भुवन केसीको अन्तर्वार्तामाथि सुस्मिताको प्रश्न : फिल्मको प्रचारमा व्यक्तिगत सम्बन्धको चर्चा किन ?

काठमाडौं– फिल्म रिलिज हुन लाग्दा कलाकारले दर्शकलाई आफ्नो फिल्मबारे जानकारी

वार्ताको संकेतबीच इरानको केशम टापुमा अमेरिकी आक्रमण

तेहरान – इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा