पायल्सको उपचार हुन्छ, क्यान्सर हुँदैन « Khabarhub

पायल्सको उपचार हुन्छ, क्यान्सर हुँदैन

औषधि प्रयोग र सर्जरीबाट उपचार हुन्छ



मानिसले पायल्सको समस्या लुकाउने गर्छन् । यसो गर्दा झन् ठूलो समस्या निम्त्याउने विज्ञहरूको भनाइ छ । लामो समयसम्म दिसा रोक्दा पनि पायल्सको समस्या हुनसक्छ । पायल्स हुनेहरूमा दिसा आएजस्तो हुने तर दिसा बस्दा नआउनेजस्ता समस्या पनि देखा पर्छ । त्यसैले कहिल्यै पनि दिसा रोक्ने बानी गर्नुहुन्न । यस्तो बानीले अन्य जटिल शारीरिक समस्या पनि देखिन थाल्छन् । बरु दिसा नआएको अवस्थामा पनि बिहान उठेपछि ट्वाइलेट बस्ने बानीको विकास गर्न जरुरी हुन्छ । यस्तो बानीले व्यवहारमा पनि परिवर्तन ल्याउने गर्छ । त्यसले यसै विषयमा आधारित भएर डा. पवन सिंह भाटसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

पायल्सलाई हामीले कसरी बुझ्ने ?
यो मलद्वारको वरिपरि देखिने रोग हो । मलद्वारको वरिपरिका नशाहरू फुलेर पायल्स हुन्छ ।

पायल्स सबैमा एउटै कारणले हुने हो ?
पायल्स धेरै प्रकारको हुन्छ र हुने कारणहरू पनि फरक फरक हुन्छन् । भित्र बाट आएको नशा सुनिनुलाई भित्री पायल्स भनिन्छ । यसको पनि ४ वटा ग्रेडिङ हुन्छ । पहिलो ग्रेडिङ भनेको रगत मात्र जाने, दोस्रो ग्रेडिङ दिसा गर्दा डल्लो देखिने तर त्यो दिसा गरे पछि आफै माथि जाने हुन्छ । तेस्रो ग्रेडिङ भनेको दिसा गर्दा डल्लो आउने र औलाले भित्र हाल्दा जाने हुन्छ । र चौथो ग्रेडिङ बाहिर नै बसिरहने हुन्छ । यो भित्री पायल्स दुखाई हुँदैन जब चोथो ग्रेडिङमा पुगे पछि मात्र दुख्छ । अर्को बाहिरी पायल्स जुन सुरुमा नै दुखेर बिरामीहरू दुखेको डल्लो लिएर आउनु हुन्छ ।

वंशाणुगत हुन्छ?
यो पायल्स भनेको वंशाणुगत भन्दा पनि कारणले हुने हो । पहिलो कारण भनेको कब्जियत हुनु हो । त्यसले नै प्रेसर बढाएर तल डल्लो बन्छ । अर्को गर्भवस्थामा धेरै व्यायाम गर्नेहरूमा हुन्छ । माथि ठूलो आन्द्रामा समस्या भएर पनि दोस्रो कारणले पायल्स हुन्छ ।

यसको उपचार कसरी हुन्छ ?
पहिला पायल्स हो वा हैन थाहा हुनुपर्छ । त्यसमा भित्री र बाहिरी पत्ता लगाएर एउटा औषधि प्रयोग गरेर र अर्को सर्जरी गरेर उपचार गरिन्छ ।

कस्तो अवस्थामा औषधिबाट र कस्तो अवस्थामा सर्जरीबाट उपचार हुन्छ ?
भित्री पायल्सको ग्रेड १ र ग्रेड २ छ भने औषधिले हुन्छ । ग्रेड ३ मा स्क्लेरो थेरापी गरिन्छ । रबर बाँधेर गरिन्छ । ग्रेड ४ भएर बाहिर आएको छ भने सर्जरी नै गर्नु पर्दछ । बाहिरी पायल्समा पहिला त औषधि दिने हो बिरामी ७२ घण्टा भित्र आउनु भयो भने सर्जरी गर्न सकिन्छ तर ७२ घण्टा पछाडि चाहिँ त्यो रगतको डल्लो जस्तो भएर बस्ने हुनाले औषधिहरू गर्दा निको भएर जान्छ ।

एकपटक फालेपछि फेरी देखिन्छ ?
जसले खानपानको ध्यान नगर्ने, बाथरुममा धेरै समय बिताउनेहरूमा धेरै देखिएको छ र ठुलो आन्द्रामा समस्या भयो भने पनि पायल्स देखिन्छ ।

समयमा उपचार गरेन भने पछि कस्तो असर गर्दछ ,
पायल्स आफै क्यान्सरमा परिणत हुँदैन । ग्रेड १ मा हुँदा ध्यान दिएन भने ४ मा पुगेर दुख्ने र रक्त अल्पता हुने सम्भावना हुन्छ ।

यस्तो समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
समयमा खाना खाने, मैदा कम खाने, सागपात फाइबर युक्त खाना बढी खाने । दिसालाई खुलाइराख्ने । पर्याप्त मात्रामा पानी पिउने गर्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : २७ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।