दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए « Khabarhub

दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा १४ हजार बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको कार्यक्रम अवधिमा कार्यालयमा उपस्थित र अनलाइनमार्फत उक्त सङ्ख्यामा नामावली दर्ता भएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए । 

उनका अनुसार पुरुष दुई हजार ११७ र महिला दुई हजार ३३५ गरी पाँच हजार २८२ जनाले कार्यालयमा उपस्थित भई फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । 

यस्तै, राष्ट्रिय परिचयपत्रका आधारमा नौ हजार ७१७ ले अनलाइनमार्फत नामावली दर्ता गराएको छन् । यी दुवै गरी पनि १४ हजार २९९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । 

दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिका क्षेत्रमा मतदाता थपिएका कार्यालयले जनाएको छ ।

यसअघि गत कात्तिक महिनासम्मको विवरणमा जिल्लामा चार लाख १६ हजार ८६८ जना मतदाता रहेको थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ५२ बजे

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु