बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको सम्भावना | Khabarhub Khabarhub

बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको सम्भावना

‘म जनताको नोकर हुँ’


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सत्ता गठबन्धनबाट बागमती प्रदेश सभा सदस्यमा काठमाडौँ १ (क) मा नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् । बागमती प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रीसमेत रहेका श्रेष्ठ कुनै पार्टीको उम्मेदवार भन्दा पनि त्यो क्षेत्रका समग्र मतदाताको जनप्रतिनिधि रहेको बताउँछन् । निर्वाचन परिणाम अबको सत्ता गठबन्धन र समसामयिक राजनीतिका विषयमा बागमती प्रदेशका संस्कृति मन्त्री दीपेन्द्र श्रेष्ठसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश सभामा भारी मतान्तरले विजयी हुनुभएको छ । चुनाव जित्न मन र मत केले महत्त्वपूर्ण भूमिका खेल्ने रहेछ ?
काठमाडौँ भनेको चेतनशील व्यक्तिहरू बसेको ठाउँ हो । मैले २०७४ सालमा निर्वाचित भएपछि आफूले बोलेका कुराहरू गर्न सफल भएँ । जनताको मनमा एउटा सच्चा प्रतिनिधि भएर काम गरेँ । जनताको मनै जितेको कारणले मैले पुनः प्रदेश सभा सदस्य जितेको हो । सचेत जनताको मन जितेर म आएको हुँ ।

एउटा उम्मेदवारलाई निर्वाचित हुन पार्टीको कस्तो भूमिका रहन्छ ?
पार्टीकोको अभिमतले गर्दा उम्मेदवारलाई अहिले सहज पार्दछ । तर, अहिले पार्टी भन्दा पनि मतादातामा व्यक्ति हर्ने प्रवृत्ति बढी देखिएको छ ।

एउटा व्यक्तिले पार्टीबाट पटकपटक टिकट पाउन के कुरा चाहिने रहेछ ?
पार्टीले टिकट दिँदा दोहो¥याएर धेरैलाई टिकट दिएन । धेरै पटक सांसद भएका व्यक्ति पनि पराजित हुनुभएको छ । हिजो सांसद भएर केही काम नगरेको कारणले यो पटक पराजित हुनुभयो । यो कुरा उहाँहरुले बुझ्नुपर्छ । मतदाताले व्यक्तिको चरित्र र क्षमताको मूल्यांकन गरेको देखिन्छ ।

गठबन्धनको जस र आक्रोशलाई कसरी लिनु भएको छ ?
अहिलेको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीलाई आधार मान्दा एकल बहुमत ल्याउन सक्ने स्थिति थिएन । गठबन्धन स्वभाबिक हो । तर, जुन परिणामले मत आउँछ भन्ने थियो त्यो भएन । गठबन्धनका उम्मेदवारले नै जिम्मेवार भएर मत नल्याएको पनि पाइएको छ । पार्टीलाई बढी आउनु पर्ने मत व्यक्तिलाई आयो । जुन मैले पाएँ । त्यसको मुल कारण भनेको व्यक्तिले पार्टीगत आस्थाको लागि भन्दा पनि ब्यक्तिगत रुपमा यसले बोल्न र नेतृत्व गर्न सक्छ भन्ने मतदाताको विश्वास हो जस्तो लाग्छ ।

पहिले र अहिले तुलना गर्दा एउटा उम्मेदवारका चुनौती कस्ता छन् ?
पहिला मैले निर्वाचित हुँदा गरेका प्रतिबद्धता पूरा गरेकैले दोस्रो पटक निर्वाचित भएको हुँ । आफूले गरेका प्रतिबद्धता पूरा गरेपछि नै मतदाताले विश्वास गर्नुभएको हो । अहिले मतदाताका अपेक्षा धेरै छन् । अब प्रतिबद्धता पूरा गर्ने चुनौती मेरा सामू देखेको छु ।

जिताएर पठाउने मतदाताले तपाईंबाट अब के पाउँछन् ?
यसपालिको मतदानमा मैले धेरै राम्रो मत पाएँ । मलाई सबैले यो कांग्रेसको उम्मेदवार भनेर नहेरी एउटा जनप्रतिनिधि भनेर जिताउनुभएको छ । म जनताको नोकर हुँ । जनताका आवाजहरू उठाउने र जनताको भावना बुझ्ने काम गर्छु ।

एउटा सांसद भएपछि उसको जिम्मेवारी केके हुनेरहेछ ?
नीति निर्माण गर्ने, प्रदेशको कुरामा ६५ वटा नीतिहरू निर्माण भए । बाँकी ३५ वटा विधेयकहरू बाँकी छन् । शून्य समयमा मुलुकको जल्दो बल्दो समस्यालाई ध्यान दिने हो ।
स्थानीय कुरा धेरै पुरा भएका छैनन् । जस्तो, खानेपानी, ढल, ट्राफिक जाम लगायतका समस्या पनि हाम्रोमा आउँछन्।

संसदमा पुगेर आफ्नो कुरा राख्दैमा त्यसलाई योग्य सांसद मान्ने ?
मसँग स्थानीय समस्याका कुराहरू आउँछन् । मलाई मेरो जिम्मेवारी थाहा छ । जनताको समस्या पनि पुरा गर्नेछु । हामीले विभिन्न ढल व्यवस्थापन गरेका छौँ । कला र संस्कृतिको संरक्षण गरेका छौँ ।

आम निर्वाचनमा संघको चर्चा बढी र प्रदेशको कम हुन्छ किन ?
सबैले संघात्मक राज्य प्रणालीलाई अंगिकार गरेकैले आज मुलुकमा संघीय राज्य व्यवस्था छ। विश्वको एकात्मक राज्य व्यवस्था भएको देशलाई हेर्दा अहिले समृद्ध राष्ट्र भएका छन् ।
संघीय सरकारले बजेटको आकार सानो बनायो, आवश्यक संघीय कानुन बनिसकेका छैनन् । त्यसले अहिले केही कमजोर देखाए पनि संघीयता कमजोर होइन ।

संघमा भाग नपुगेर प्रदेशमा कार्यकर्ता थन्क्याएको आरोप छ नि ?
संघीयतामा प्रदेश सरकार आएपछि विकासका अध्याय सुरु भएका छन् । प्रदेशको पूर्वाधार स्थानीय सामुदायिक हितको लागि योजना ल्याएको देखिन्छ । यसको लागि कुल बजेटको आकार बलियो हुनुपर्छ ।

बागमती प्रदेशमा सात वटा मन्त्रालयलाई फुटाएर १४ बनाइयो । यो अवस्थाबाट के बुझ्ने ? यो त प्रदेशको मर्ममाथि नै प्रहार भएन ?
यो मन्त्रालय विभाजन हुनु आवश्यक थियो। हिजो, वन मन्त्रालय, संस्कृति र विकास मन्त्रालय, पर्यटन मन्त्रालयलाई एकै ठाउँमा राखिएको थियो । त्यो हुँदा वन मन्त्रालयले वन मात्र हेर्यो । संस्कृतिको बारेमा केही गरेन । अहिले यो छुट्दै हुँदा परिणाममुखी काम भएका छन् । यत्तिले मात्र पुग्दैन प्रदेश सरकारलाई बलियो बनाउन कुल बजेटलाई बढाएर बलियो बनाउनुपर्छ ।

अब बागमती प्रदेशको मुख्यमन्त्री को बन्ने ?
बागमती प्रदेशको मुख्यमन्त्रीको विषयमा दलका नेताहरू बसेर निर्णय गर्नुहुन्छ । यो विषयमा गठबन्धन भित्र छलफल हुनुपर्छ । ठूलो दलको नेताको हिसाबले अहिले इन्द्र बानियाँको सम्भावना धेरै छ । (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता) –प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : १० बजे

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको

भारतीय सहयोगमा निर्मित गल्याङ नगर अस्पताल भवन उद्घाटन

काठमाडौं- ‘नेपाल-भारत विकास सहकार्य’बाट स्याङ्जाको गल्याङ नगरपालिकामा निर्मित गल्याङ नगर

माल्दिभ्स रोड रेसको उपाधि नेपालका सन्तोष र सन्तोषीले जिते

  माले- माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि दुईजना