कागेश्वरी मनोहरामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

कागेश्वरी मनोहरामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। कागेश्वरी मनोहराले नगरभित्रका १६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार पाँच विद्यार्थीको निः शुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो।

नगरप्रमुख उपेन्द्र कार्कीले नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कुलका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा, नगरस्तरीय अस्पताल निर्माणलाई नगरपालिकाले प्राथमिकता दिएको बताए। उनले कागेश्वरी मनोहराले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितामा राखेर नीति तथा कार्यक्रम बनाएर लागू गरेको बताए। संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले आन्तरिक स्रोतबाट रु सात करोड बजेट विनियोजन गरेको छ भने शिक्षकलाई तालिमसमेत प्रदान गर्दै आएको छ।

चालु आर्थिक वर्षका लागि रु दुई अर्ब १५ करोडको बजेट विनियोजन गरेको छ। सबै नगरवासीलाई खानेपानी पुर्‍याउने लक्ष्य लिएको सो नगरपालिकाले तीनवटा खानेपानी आयोजनालाई अगाडि बढाएको छ।

उज्यालो र सुरक्षित नगरपालिका बनाउनका लागि कागेश्वरी मनोहराले नगरभित्रका मुख्य सडक र भित्रि सडकमा सिसीटिभी जडान र सडकबत्ती जडानको कामलाई प्राथमिकता दिएको छ। नगरभित्र उत्पादन हुँदै आएको फोहरलाई नगरभित्र नै व्यवस्थापन गर्ने नीति सो नगरपालिकाले लिएको छ।

नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रुपमा अगाडि बढाउने बताए। मनोहरा करिडोर निर्माण कार्यलाई समेत आफ्नो कार्यकालमा पूरा गर्ने उनको भनाइ छ। नगर प्रमुख कार्कीले मुख्य सडक सङ्घ र प्रदेश सरकारबाट ठेक्का लागेको बताउँदै सडक नबन्दा स्थानीय सरकारले जनताको गुनासो सुन्नुपरेको बताए। “जोरपाटीदेखि थली हुँदै साँखु जाने मुख्य सडकमा मुआब्जा लिने र काम गर्न नदिने प्रवृत्ति बढेको छ, यसले गर्दा काम गर्न बाधा पुगेको छ”, उनले भने।

स्थानीय सरकारको कार्यअधिकारभित्र नपर्ने सडक स्थानीय सरकारले नबनाएको भन्दै केही राजनीतिक दलले नगरपालिकाको काममा अवरोध पुर्‍याएको उनले बताए। कूल एक लाख १५ हजार जनसङ्ख्या रहेको सो नगरपालिकामा ३५ हजार घरधुरी र नौ वडा रहेका छन्। सो नगरपाकिलामा चालु आवमा ५० वटा ठेक्का आयोजना भए पनि चारवटा आयोजनाको काम सम्पन्न भइसकेको, ४२ आयोजना निर्माणको क्रममा रहेको र चार आयोजनाको ठेकेदार नगरपालिकाको सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : ४६ बजे

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण