‘अब ‘ग्रिनरी’ र ‘क्लाइमेट चेन्ज’ विषय पाठ्यक्रममा समेटिनुपर्छ’ « Khabarhub

‘अब ‘ग्रिनरी’ र ‘क्लाइमेट चेन्ज’ विषय पाठ्यक्रममा समेटिनुपर्छ’


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय पृथ्वीको बढ्दो तापक्रम र यसले निम्त्याउने असरका विषयमा विद्यालय शिक्षामा नै पढाई हुनुपर्ने आवाज उठ्न थालेको छ । जलवायु परिवर्तनले गर्दा निम्तिएको असर र यसले नेपालमा पार्ने असरका विषयमा विद्यालय शिक्षा अध्ययन गर्ने बालबालिकालाई पढाई हुनुपर्ने भन्दै आवाज बढ्न थालेको हो ।

काठमाडौँमा शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘दिगो विकास लक्ष्य कार्यान्वयनको अवस्था, चुनौति र अवसर’ विषयक कार्यक्रममा एक विशेष प्रतिवेदन प्रस्तुत गर्दै युनेस्कोका शिक्षा शाखा प्रमुख ध्रुवराज रेग्मीले अब ‘ग्रिनरी र क्लाइमेट चेन्ज’को विषय पाठ्यक्रममै समेटिनुपर्ने बताएका हुन् ।

उनले दिगो विकास लक्ष्य कार्यान्वयन र त्यसको प्राप्तिका लागि पाठ्यक्रममा बदलिदो समय र यसले गर्न सक्ने असर तथा ल्याउन सक्ने परिवर्तनका विषय समेटिनुपर्ने बताएका हुन् ।

‘पृथ्वीको बढ्दो तापक्रम र जलवायु परिवर्तनले धेरै असर गर्ने सम्भावना छ’ उनले कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै भने, ‘अब यी विषयमा पाठ्यक्रममै समेटेर पढाउन आवश्यक छ । र, अहिलेको पाठ्यक्रम परिमार्जन गर्न पनि आवश्यक छ ।’

कार्यक्रममा उनले दिगो विकास लक्ष्य प्राप्तिका लागि विद्यालय शिक्षा सबैभन्दा महत्वपूर्ण भएको पनि बताए ।

युनेस्कोको सहकार्यमा शिक्षा पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा दिगो विकास लक्ष्य हासिल गर्ने चुनौति, अवसरका विषयमा शिक्षा मन्त्रालयका उपसचिव घनश्याम अर्याल र शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष सुदर्शन सिग्देलले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षा पत्रकार, शिक्षा सरोकारवाला, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ३ : ०४ बजे

दोहोरो अंकले घट्यो नप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा