कोदोखेती प्रवर्द्धनका लागि ‘इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३’ « Khabarhub

कोदोखेती प्रवर्द्धनका लागि ‘इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३’


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूतावासले बिहीबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद् र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले सहभागिता जनाएका थिए ।

भेलामा दूतावासका नियोग प्रमुख प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व रहेको चर्चा गरे । प्राधिकरणका निर्देशक डा तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ का लागि प्राधिकरणले गरेको निर्यात प्रवर्द्धन र क्षमता अभिवृद्धि प्रयासको बारेमा विस्तृत जानकारी दिएका थिए ।

भारत सरकारको प्रस्ताव संयुक्त राष्ट्र सङ्घबाट पारित भएपछि सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रुपमा मनाइने भएको हो । भारत सरकारले सन् २०२१ मा गरेको उक्त प्रस्तावमा विभिन्न ७२ देशले समर्थन गरेका थिए । 

भारत विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो । भारतमा विभिन्न नौ प्रजातिका कोदो उत्पादन गर्दै आएको छ । भारतमा वार्षिक करिब १७ मिलियन टन कोदो उत्पादन हुन्छ । जुन विश्वको कुल उत्पादनको २० प्रतिशत हो । 

कोदो स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छ । कोदोमा  विभिन्न पौष्टिक तत्व पाइन्छन् । कोदो पर्याप्त पानी नपाइने सुख्खा जमिनमा, कम वर्षा हुने स्थानमा पनि सहजै फल्छ र मौसम परिवर्तनले पनि खासै प्रभाव नपार्ने बालीमा पर्छ । 

मुलुकको आत्मनिर्भरता बढाउन तथा आयातित अनाज-अन्नमा निर्भरता कम गर्न कोदोको भूमिका प्रभावकारी हुने खाद्य तथा कृषि संगठनको ठम्याइ छ । कृषिमा भारत-नेपालबीचको सहकार्यलाई निरन्तरता दिँदै भारतीय राजदूतावासले सन् २०२३ को वर्षभरि नै विभिन्न गतिविधि तथा कार्यक्रममार्फत् कोदोको प्रबर्द्धन गर्ने जनाएको छ ।

भारत-नेपाल कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको थियो । विशेष गरी कृषि अनुसन्धान, विकास र शिक्षा सम्बन्धी सहयोगात्मक परियोजनामा केन्द्रित ‘कृषिमा भारत-नेपाल नयाँ साझेदारी’मा आधारित छ । भारत र नेपाल कोदोलगायतका विभिन्न कृषि उत्पादनका लागि एकअर्काका महत्वपूर्ण व्यापारिक साझेदार हुन् । 

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ४ : ५४ बजे

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको