जो नयाँ राष्ट्रपति बन्ने चर्चामा छन् « Khabarhub

जो नयाँ राष्ट्रपति बन्ने चर्चामा छन्

दलीय राष्ट्रपतिले शक्ति दुरुपयोग गर्दा विकल्प खोजिदै


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : गणतन्त्र आएपछि राष्ट्रपति बनेका दुवै दलीय व्यक्तिले शक्तिको दुरुपयोग गरेपछि सत्ता गठबन्धनका नेताहरू यतिबेला गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे बहसमा छन् । भारतमा जस्तै गरि गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाएर सरकारलाई काम गर्न पनि सहज हुने गरि राष्ट्रपतिको चर्चा भइरहेको छ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारलाई सडकमा पुर्याउने गरि सेनापतिलाई थमौती दिएपछि उनी विवादमा परेका थिए । कांग्रेसबाट राष्ट्रपति बनेका उनले माओवादी सरकारलाई असफल बनाउन पूर्ण सहयोग गरेका थिए ।

दलअनुसार देशको सर्वोच्च संस्थाले आग्रह पूर्वाग्रह राखेर निर्णय गर्ने भएपनि त्यसबाट दिक्क भएका दलेर यतिबेला राष्ट्रपति बन्नका लागि गैरदलीय व्यक्तिको खोजीमा लागेका छन् । रामवरणपछि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले पनि सोही अवस्था दोहोर्याएकी छन् ।

भण्डारी राष्ट्रपति बन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरे । दुवैपटक राष्ट्रपति भण्डारीले संसद् विघटन सदर गरिन् । नागरिक विधेयकजस्तो महत्वपूर्ण विधेयक रोक्ने कुचेष्टा गर्ने राष्ट्रपति भण्डारीले संसद् विघटनको निर्णय भने मध्यरात नै सदर गरेकी थिइन् ।

यसले भण्डारीको मात्रै आलोचना भएन, समग्र राष्ट्रपति कार्यालय नै विवादित भएको थियो । यसकारण यसपटक सत्ता गठबन्धनका शीर्ष नेताहरु यसपटक गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने प्रयत्नमा छन् ।

जसकारण यतिबेला केही नामहरू राष्ट्रपति बन्न सक्ने भन्दै निकै चर्चामा छन् । यसरी चर्चा भएको व्यक्तिमा सबैभन्दा अगाडि छन्, खिलराज रेग्मी । सर्वोच्चका पूर्वप्रधानन्यायाधीश रेग्मी तत्कालीन दोस्रो संविधानसभा चुनाव गर्ने बेला मन्त्रिपरिषद् अध्यक्ष थिए ।

यसअघि सरकारको सफल नेतृत्व गरेको भन्दै यसपटक उनलाई राष्ट्रपति बनाउने चर्चा छ । यस्तै राष्ट्रपतिको चर्चामा सर्वोच्चका अर्को पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि छन् । सर्वोच्चको सफल नेतृत्व गरेका श्रेष्ठ अन्तर्राष्ट्रिय समुदायमा पनि ठूलो परिचित नाम हो ।

खासगरि बोली, शैली र अध्ययनमा राम्रो ज्ञान भएका श्रेष्ठलाई राष्ट्रपति बनाउँदा सकारात्मक प्रभाव पर्ने चर्चा छ । कानूनी विषयका ज्ञाता र न्यायका बारेमा विशिष्ट श्रेणीको अनुभव भएका श्रेष्ठले राष्ट्रपति पदको मर्यादा कायम राखेर कार्यसम्पादन गर्न सक्ने टिप्पणी भइरहेका छन् ।

यस्तै राष्ट्रपति बन्ने सूचीमा अनुराधा कोइराला, सन्दुक रुइत, महावीर पुनको नाम पनि चर्चामा छ । आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेका उनीहरु राष्ट्रपति पदका लागि योग्य र सक्षम व्यक्ति भएको टिप्पणी भइरहेका छन् ।

यस्तै सर्वोच्चका पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी पनि चर्चामा छन् । त्यसबाहेक शम्भु थापा, पूर्वसभामुख दमननाथ ढुंगाना पनि राष्ट्रपति बन्न सक्ने भन्दै नाम आइरहेका छन् । दलका नेताहरूलाई राष्ट्रपति बनाउँदा पटक पटक शक्तिको दुरुपयोग गरेर सरकारलाई काम गर्न असहज बनाउने गरेको भन्दै यसपटक देउवा, प्रचण्ड र माधव नेपाल गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन लागि परेका छन् ।

यसले बाहिर सकारात्मक र नकारात्मक दुवै चर्चा छ । तर भारतमा जस्तै एक सामान्य नागरिकको जीवन बाँचिरहेका व्यक्तिलाई राष्ट्रपति बनाउँदा सकारात्मक सन्देश जाने र कार्यकारी प्रधानमन्त्रीलाई काम गर्न सहज हुने भन्दै चर्चा छ । तर दलकै केही नेताहरूले भने गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे सोच्न पनि नसकिने बताउन थालेका छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ५ : १७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको