पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा २५ हेमजामा पर्वतबाट सुन्तला बोकेर आउँदै गरेको ग २ च २६८४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा तनहुँकी ३७ वर्षीय बसन्ती मगरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । 

म्याग्दीको मंगला १ घर भइ पोखरा बस्दै आएका गजेन्द्र पुन घाइते भएर गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका छन् । जीपका चालक फरार रहेको र खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ६ : २९ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल