घरमा चराले गुड लगाए वा माहुरीको घार भए शुभ-अशुभ के हुन्छ ? | Khabarhub Khabarhub

घरमा चराले गुड लगाए वा माहुरीको घार भए शुभ-अशुभ के हुन्छ ?


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपय घरमा चराचुरुङ्गीले गुड लगाएको पाइन्छ । मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, भंगेरा लगायतले पनि गुड बनाउँछन् ।

वास्तुशास्त्रमा पशु–पक्षि, कीरा घरमा प्रवेश गर्दा व अनौठो व्यवहार गर्दा हुने शुभ–अशुभ दुबै फल बताइएको छ । जीव–जन्तुका घटना र व्यवहारलाई वास्तुमा संकेतका रुपमा समेत बुझिन्छ ।

– चमेरा
यदि घरमा चमेरा बास बसेको छ भने यसलाई खतराको संकेत मानिन्छ । वास्तुमा चमेराको वास अशुभ घटनाको संकेत मानिन्छ । तसर्थ चमेरालाई कुनै क्षति नपुर्‍याइ घरबाट भगाउनु उपयुक्त मानिन्छ ।

– मौरीको घार
घरमा मौरीले घार लगाउनु शुभ मानिदैँन । घरमा मौरीले घार लगाउँदा वास्तुले कुनै ठुलो दुर्घटना हुने संकेत हुने मान्दछ ।

– बारुलोको गोलो
वास्तु शास्त्र अनुसार घरमा बारुलाको गोलो हुनु पनि शुभ मानिँदैन । यस्तोमा बारुलाको गोलो सावधानीपूर्वक हटाउनु नै उपयुक्त हुन्छ ।

– भंगेराको गुड
वास्तुमा चराले गुड लगाएको शुभ मानिन्छ । यस्तोमा घरमा भंगेराले गुड लगाएको छ भने यसलाई निकै शुभ मानिन्छ । जुन घरमा भंगेराले गुड लगाएको हुन्छ, त्यहाँ सुख–समृद्धि आउने, घरका सदस्यको भाग्य वृद्धि हुने विश्वास गरिन्छ । भंगेराले गुड लगाएको घरमा वास्तु दोष पनि स्वतः निवारण हुने मान्यता छ ।

– परेवाको गुड
परेवालाई माता लक्ष्मीको भक्त मानिन्छ । तसर्थ जुन घरमा परेवाको गुड हुन्छ त्यस घरमा सदैव सुख–शान्ति हुने मान्यता छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ५ : ५५ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको