विश्वभर १९ लाख कोरोना संक्रमित थपिए, ९ लाख निको « Khabarhub

विश्वभर १९ लाख कोरोना संक्रमित थपिए, ९ लाख निको


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १९ लाख २२ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा २ लाख ७९ हजार, फ्रान्समा २ लाख ७८ हजार, इटलीमा एक लाख ४९ हजार, अष्ट्रेलियामा ८६ हजार र बेलायतमा ७० हजार छन्।

यसैगरी अर्जेन्टिमा ६५ हजार, टर्कीमा ५४ हजार, मेक्सीकोमा ४७ हजार, जर्मनीमा ४५ हजार, फिलिपिन्समा ३७ हजार, नेदरल्याण्डस्मा ३६ हजार, कम्बोडियामा ३२ हजार, ब्राजिलमा ३१ हजार र रुसमा २९ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ९ लाख ८५ हजार जना संक्रमणमुक्त भएका छन् । अर्जेन्टिनामा एक लाख ३ हजार, ब्राजिलमा ८९ हजार, इटलीमा ७९ हजार, टर्कीमा ६८ हजार, कम्बोडियामा ३४ हजार, अमेरिकामा ३१ हजार, फ्रान्समा ३० हजार र रुसमा २२ हजार निको भएका हुन् ।

त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ९५७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ६८६,अमेरिकामा ३२२, इटलीमा २४८, फ्रान्समा ९८, ब्राजिलमा ९२ र बेलायतमा ८८ जना छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : १६ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर