सुर्खेतमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु « Khabarhub

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्खेत – वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

घाइते अवस्थाकी कँडेलको उपचारको क्रम कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उनले बताए ।

‘मोटरसाइकलको ठक्करका कारण मृत्यु भएपछि उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतका भाई काशीराम सापकोटाले बताए। ‘शव अहिले प्रदेश अस्पतालको शव गृहमा छ’, उनले भने, ‘प्रहरी प्रशासनले उचित क्षतिपूर्ति र दोषीलाई कारबाही नगरेसम्म हामी बुझ्दैनौँ ।’

मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत दौलतपुरका करिब २५ वर्षीय नवराज सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको र पीडित पक्षका आफन्तसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : ०१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा