सुर्खेतमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु « Khabarhub

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्खेत – वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

घाइते अवस्थाकी कँडेलको उपचारको क्रम कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उनले बताए ।

‘मोटरसाइकलको ठक्करका कारण मृत्यु भएपछि उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतका भाई काशीराम सापकोटाले बताए। ‘शव अहिले प्रदेश अस्पतालको शव गृहमा छ’, उनले भने, ‘प्रहरी प्रशासनले उचित क्षतिपूर्ति र दोषीलाई कारबाही नगरेसम्म हामी बुझ्दैनौँ ।’

मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत दौलतपुरका करिब २५ वर्षीय नवराज सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको र पीडित पक्षका आफन्तसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : ०१ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन