रौतहटमा प्रभु साह पक्षले  एकलौटी घोषणा गर्‍याे एमाले जिल्ला अध्यक्ष, असन्तुष्ट पक्षले अस्वीकार गर्ने « Khabarhub

रौतहटमा प्रभु साह पक्षले  एकलौटी घोषणा गर्‍याे एमाले जिल्ला अध्यक्ष, असन्तुष्ट पक्षले अस्वीकार गर्ने


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ ।

साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो ।

एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो ।

तर, गिरिले ‘अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध’ भनेका छन् । ‘अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन। सोमबार दिउँसो ११ बजे गरुडा पार्टी कार्यलयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ नयाँ कमिटी घोषणा अघिसम्म अध्यक्ष रहेका गिरिले आह्वान गरेका छन् ।

तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको जानकारी दिएका छन् । न्यूजकारखाना

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा