लमजुङ प्रवेश नाकामा सहायता कक्ष स्थापना गरिने | Khabarhub Khabarhub

लमजुङ प्रवेश नाकामा सहायता कक्ष स्थापना गरिने


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङ प्रवेश नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन समितिले पाउदी बजारमा सहायता कक्षा स्थापना गर्ने निर्णय गरेको हो ।

सदरमुकाम बेंसी सहरसहित सुन्दर बजारमा पनि आइसोलेशनसहितको उपचार व्यवस्थापन गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसहितको टोलीले सुन्दर बजारको नमुना सामुदायिक अस्पतालमा आइसोलेशन व्यवस्थापनका लागि स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरेको छ ।

नमुना अस्पतालमा ४० बेडको आइसोलेशन तयार गर्ने निर्णय गरेको हो । सुन्दर बजार नगरपालिका उपमेयर ज्ञानु शाहको अध्यक्षतामा भएको छलफलमा कोभिड संक्रमण न्यूनीकरणका लागि विभिन्न निर्णय भएका छन् ।

जिल्ला प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनमा कोभिड–१९ सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे–नगरेको नियमित जाँच गर्ने निर्णय भएको छ । सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले मास्कको प्रयोग नगरेको पाइएमा चालक तथा सहचालकलाई कारबाही गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।

बेंसी सहरमा रहेको जिल्ला अस्पताल लमजुङमा २५ बेडको आइसोलेसन कक्ष तयार भएको छ । जिल्ला अस्पतालको आईशोलेसन कक्षमा प्रत्येक बेडका लागि मनिटर र अक्सिजनको पनि व्यवस्था गरिएको छ ।

जिल्लामा आइतबार एकै दिन १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा हाल ३४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ३ : १५ बजे

बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने 

काठमाडौं– चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ

लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि प्रिमियम गन्तव्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय