लमजुङ प्रवेश नाकामा सहायता कक्ष स्थापना गरिने « Khabarhub

लमजुङ प्रवेश नाकामा सहायता कक्ष स्थापना गरिने


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङ प्रवेश नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन समितिले पाउदी बजारमा सहायता कक्षा स्थापना गर्ने निर्णय गरेको हो ।

सदरमुकाम बेंसी सहरसहित सुन्दर बजारमा पनि आइसोलेशनसहितको उपचार व्यवस्थापन गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसहितको टोलीले सुन्दर बजारको नमुना सामुदायिक अस्पतालमा आइसोलेशन व्यवस्थापनका लागि स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरेको छ ।

नमुना अस्पतालमा ४० बेडको आइसोलेशन तयार गर्ने निर्णय गरेको हो । सुन्दर बजार नगरपालिका उपमेयर ज्ञानु शाहको अध्यक्षतामा भएको छलफलमा कोभिड संक्रमण न्यूनीकरणका लागि विभिन्न निर्णय भएका छन् ।

जिल्ला प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनमा कोभिड–१९ सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे–नगरेको नियमित जाँच गर्ने निर्णय भएको छ । सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले मास्कको प्रयोग नगरेको पाइएमा चालक तथा सहचालकलाई कारबाही गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।

बेंसी सहरमा रहेको जिल्ला अस्पताल लमजुङमा २५ बेडको आइसोलेसन कक्ष तयार भएको छ । जिल्ला अस्पतालको आईशोलेसन कक्षमा प्रत्येक बेडका लागि मनिटर र अक्सिजनको पनि व्यवस्था गरिएको छ ।

जिल्लामा आइतबार एकै दिन १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा हाल ३४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ३ : १५ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र