क्रेनको ठक्करबाट कुवेतमा नेपाली महिलाको मृत्यु « Khabarhub

क्रेनको ठक्करबाट कुवेतमा नेपाली महिलाको मृत्यु


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिला कामदारको मृत्यु भएको । कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठक्करबाट सिन्धुपाल्चोक स्थायी भएकी माया तामाङको मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा विपरीत दिशाबाट आएको क्रेनले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनाबारे कुवेत प्रहरीले मुचुल्का बनाई क्रेन चालकलाई पनि नियन्त्रणमा लिइसकिएको बताइएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि हस्पिटल लगिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मृतक तामाङले बाटो काट्ने क्रममा मोबाइल चलाउँदै बाटो काटिरहेकी थिइन् । सोही बेला उक्त दुर्घटना भएको बताइएको छ ।

यस घटनाको विषयमा कुवेतमा रहेको नेपाली दूतावासमा जानकारी गराइसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका युवा संयोजक नवराज पराजुली जानकारी दिए ।

यता दूतावासले पनि घटनाबारे जानकारी आएको भन्दै कम्पनी तथा परिवारसँग समन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई जतिसक्दो चाँडो स्वदेश पठाइने जनाएको छ ।

–योगेन्द्र योगी

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १२ : २० बजे

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय