परासी र सुनवल औद्योगिक क्षेत्रको विद्युत आपूर्तिको समस्या समाधान | Khabarhub Khabarhub

परासी र सुनवल औद्योगिक क्षेत्रको विद्युत आपूर्तिको समस्या समाधान


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

दुवै प्रसारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत आपूर्ति समस्या समाधान भई उद्योगलाई मागअनुसार विद्युत दिन सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘प्रसारण क्षमताले नधानेर पर्याप्त विद्युत आपूर्ति हुन नसक्दा त्यस क्षेत्रका उद्योगले गर्मी मौसमका दिनमा केही समय आलोपालो चलाउनुपर्ने बाध्यात्मक अवस्था थियो, अब यस्तो अवस्थाको अन्त्य भई उद्योगलाई मागअनुसार पर्याप्त विद्युत सकिन्छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

सुनवल क्षेत्रमा सञ्चालित उद्योगहरुलाई विद्युत आपूर्तिका लागि १३२–३३ केभी सुनवल सबस्टेसन निर्माणाधीन छ, सबस्टेसनको निर्माण आगामी चैत–वैशाखभित्रमा सकिने छ, त्यसपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत उद्योगहरुलाई दिन सकिन्छ भने आपूर्ति पनि अझै विश्वसनीय र गुणस्तरीय हुनेछ ।

केही महिनाअघि त्यस क्षेत्रको भ्रमण गरी घिसिङले सुनवल क्षेत्रका उद्योगलाई लक्षित गरी बुटवल–ज्यामिरे प्रसारण लाइन तत्काल निर्माण अगाडि बढाउन प्राधिकरण प्रादेशिक कार्यालय, बुटवल र बुटवल ग्रिड महाशाखालाई निर्देशन दिएका थिए । १९ किलोमिटर सिंगल सर्किट प्रसारण लाइनको निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले बताए ।

सुनवल क्षेत्रमा लक्ष्मी स्टील्स, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्टलगायतका उद्योगहरु सञ्चालित छन् । ती उद्योगहरुले आफ्नो क्षमता वृद्धिका लागि थप विद्युत माग गरेका छन् भने त्यस क्षेत्रमा अन्य नयाँ उद्योगहरु खुल्ने क्रममा रहेका छन्।

प्राधिकरणले गण्डकमा रहेको १३२३३ केभी सबस्टेसनबाट परासीसम्म २७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेको हो । ‘अब गण्डक परासीमा रहेको पुरानो र अहिले निर्माण गरिएको दुईवटासहित ३३ केभीका तीनवटा सर्किटबाट विद्युत आपूर्ति दिन सकिने छ, विद्युत अभावमा परासी क्षेत्रका उद्योग अब आलोपालोमा चल्नुपर्दैन’, निर्देशक ओझाले भने । बर्दघाटबाट १३२ केभी प्रसारण लाइनका साथै आवश्यक परेमा भारतबाट समेत गरी गण्डक सबस्टेसनमा विद्युत आपूर्ति हुन्छ ।

प्राधिकरणले मुलुकमा उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन, र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिने छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  २ : २० बजे

पश्मिना उद्योग नेपालको पहिचान हो : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग

आजका समाचार : भीम रावललाई सघाउने नेता-कार्यकर्तामाथि कारबाही, सरकार भ्रष्टाचारीको बचाउमा लागेको आरोप र लस एन्जलसमा फेरि फैलियो आगो

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेसराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

बलात्कारपछि हत्याको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

एजेन्सी – भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र

सत्ताको हेराफेरीले संसद्का चर्चित अनुहारलाई सकस : कस्तो सुनिएला आवाज ?

काठमाडौं– संसद् त्यस्तो ऐना हो, जहाँ जनताका हरेक सरोकारका विषयको

दक्षिण एसियाली महिला कलाकारको कला प्रदर्शनी माघ १२ देखि, कलाकारहरू काठमाडौंमा

काठमाडौं – दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी