स्वरुप फेर्दे लुम्बिनी अस्पतालको आईसीयू कक्ष « Khabarhub

स्वरुप फेर्दे लुम्बिनी अस्पतालको आईसीयू कक्ष


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कुनै बेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीको उपचार गर्नेभन्दा पनि आफैँ रोगी थियो । आकस्मिक कक्षमा बिरामीको चापले गर्दा उपचारमा समेत समस्या हुने गर्थ्यो ।

आकस्मिक कक्षमा बेड अभावको कारण बिरामीलाई समस्या त हुन्थ्यो नै, उपचार गर्ने चिकित्सकलाई पनि उपचार गर्न समस्या पथ्र्यो । त्यतिमात्र होइन, अस्पतालमा उपचार गर्न जाने बिरामी बेड नपाएर भुइँंमा सुत्नुपर्ने अवस्थासमेत थियो ।

तर, अहिले भने अवस्था फेरिएको छ । आफैँ बिरामी रहेको प्रादेशिक अस्पतालको आकस्मिक कक्षले पछिल्लो समय स्वरुप फेरेको छ । अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार हुँदा सेवाप्रवाह प्रभावकारी बन्दै गएको अस्पतालका आकस्मिक विभाग प्रमुख रामप्रसाद अर्यालले बताए ।

सेवा प्रभावकारी नहुँदा हैरानी खेपेका बिरामी र बिरामीका अफन्तहरूको गुनासोलाई मध्यनजर गरेर व्यवस्थापनको कार्यलाई प्राथमिकता दिएको उनले बताए ।

‘अस्पतालको आकस्मिक कक्षमा बेड अभावका कारण एउटै बेडमा तीन जनासमेत राखेर उपचार गर्नुपर्ने बाध्यता थियो । तर, अहिले बेडका साथै चिकित्सक कर्मचारीको ड्युटी व्यवस्थापनलाई जोड दिइएको छ’, उनले भने ।

अस्पतालको आकस्मिक कक्षमा यसअघि २२ बेड रहेकोमा अहिले भने बेड संख्या ३८ पुर्‍याइएको छ । वातानुकुलित वातावरणमा एसीयुक्त आकस्मिक कक्षमा नाम चलेका निजी अस्पतालका जस्तै सेवा उपलव्ध गराइएको आकस्मिक विभाग प्रमुख अर्यालले बताए ।

आकस्मिक विभागमा दैनिक नौ जना चिकित्सक, २० जना स्वास्थ्यकर्मी र १० जना नर्सिङ कर्मचारी बिरामीको उपचारमा खटिने गरेका छन् भने ६ जना सहयोगी कर्मचारी छन् ।

अब निकट भविष्यमै प्रत्येक बेडमा अक्सिजन पाइप र सक्सन पाइप सप्लाई गर्ने, कुरुवा कन्ट्रोल कार्ड लागु गर्ने, व्यवस्थित माइनर अप्रेसन कक्षको व्यवस्था लगायतका काम सुरु गरिने अर्यालले बताए ।

अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार आएको बताए । मृगौला रोगीहरूका लागि डाइलोसिस सेवा देखि लिएर थुप्रै नयाँ सेवाहरू अस्पतालमा थपिँदै गएको उनको भनाइ छ ।

‘अस्पतालमा कार्यरत चिकित्सकहरूद्वारा निजी क्लिनिकमा बिरामी पठाउने अवैध कामलाई पनि रोकिएको छ,’ ढकालले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कुल बेड संख्या भने ३५० छ । आकस्मिक कक्षको व्यवस्थापनमा सुधार गर्नेदेखि अस्पतालमा नयाँ सेवाहरू थप हुँदै गएको अस्पताल विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  २ : ४० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा