भारतीय गायक अनुग्रहको ‘नशा’ सार्वजनिक « Khabarhub

भारतीय गायक अनुग्रहको ‘नशा’ सार्वजनिक


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को भिडियो सार्वजनिक भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्ध गायक अनुग्रह विष्टको स्वर रहेको छ । ‘नशा’को रेकर्डिङ मुम्बईको बी.बी.जे. स्टुडियोमा भएको थियो ।

लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियोका निर्देशक विकास बराईली हुन् भने सह निर्देशक प्रज्ज्वल वाईवा हुन् ।

भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन समेत निर्देशक बराईलीले नै गरेका छन् ।

गीतको भिडियोलाई ‘म्यूजिकल फिल्म’को रुपमा एक कथा सहित उतारिएको संगीतकार भुसालले बताए । भिडियोमा एक युवकको कारण पतिपत्निको सम्बन्धमा आएको समस्या र त्यसबाट घटेको घटनाको कथा देखाईएको छ ।

संगीतकार भुसालले फिल्म ‘जदौ’ मा समेत संगीत दिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १२ : ३९ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन