भारतीय गायक अनुग्रहको ‘नशा’ सार्वजनिक « Khabarhub

भारतीय गायक अनुग्रहको ‘नशा’ सार्वजनिक


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को भिडियो सार्वजनिक भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्ध गायक अनुग्रह विष्टको स्वर रहेको छ । ‘नशा’को रेकर्डिङ मुम्बईको बी.बी.जे. स्टुडियोमा भएको थियो ।

लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियोका निर्देशक विकास बराईली हुन् भने सह निर्देशक प्रज्ज्वल वाईवा हुन् ।

भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन समेत निर्देशक बराईलीले नै गरेका छन् ।

गीतको भिडियोलाई ‘म्यूजिकल फिल्म’को रुपमा एक कथा सहित उतारिएको संगीतकार भुसालले बताए । भिडियोमा एक युवकको कारण पतिपत्निको सम्बन्धमा आएको समस्या र त्यसबाट घटेको घटनाको कथा देखाईएको छ ।

संगीतकार भुसालले फिल्म ‘जदौ’ मा समेत संगीत दिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १२ : ३९ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती