लमजुङको बालकल्याण माविमा भूकम्प मापन यन्त्र जडान « Khabarhub

लमजुङको बालकल्याण माविमा भूकम्प मापन यन्त्र जडान


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेमा रहेको बालकल्याण माविमा भूकम्प मापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ ।

यससँगै बालकल्याण सिस्मोमिटर जडान गर्ने जिल्लाको पहिलो विद्यालय बनेको छ । स्विजरल्याण्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेकोमा उक्त विद्यालय पनि छनोट भएको हो ।

उक्त यन्त्रले एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्नेछ ।

स्विजरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यौपानेले बताए । नेपालका २३ विद्यालयमा यस्ता उपकरण जडान गरिने उनले बताए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ५ : ३९ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा