स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन एमाले निकट स्वास्थ्यकर्मी संघको आग्रह « Khabarhub

स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन एमाले निकट स्वास्थ्यकर्मी संघको आग्रह


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेपछि स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।

कोभिड–१९ को उपचार हुने केही अस्पतालका मात्रै ५०० भन्दाबढी स्वास्थ्यकर्मी संक्रमित बनेपछि एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेको हो ।

महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणको मारबाट बचाउन र सहज वातावरण बनाउन संघले आग्रह गरेको छ ।

प्रतिपक्षी दल एमालेनिकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीका हितका लागि सरकारसँग विभिन्न माग गरेको छ ।

संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीहरुका लागि व्यवस्थित आइसोलेसन हुनुपर्ने, संक्रमित स्वाथ्यकर्मीहरुको निःशुल्क उचार गरिनुपर्ने, खोप केन्द्रहरुमा देखिएको भीडभाड नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ६ : २२ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा