छाडा कुकुरको व्यवस्थापन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण « Khabarhub

छाडा कुकुरको व्यवस्थापन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोटको दुई गाउँ बीचको रानी वन क्षेत्रका सडकमा रहेका भुस्याहा र जथाभावी छोडिएका कुकुरले स्थानीयलाई टोक्न थालेपछि स्थानीय महिलाहरू जिल्ला प्रशासन कार्यालयमा कुकुर व्यवस्थापनको मागसहित पुगेका छन् ।

सिमकोट माथिल्लो गाउँ र तल्लो गाउँका तीन जना महिना भुस्याहा कुकुरको व्यवस्थापनको मागसहित जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । सिमकोटमा छोडेका कुकुरले महिला तथा बालबालिकालाई टोक्न थालेपछि प्रशासन पुगेर सहयोग मागेको सिमकोट गाउँपालिका -६ का स्थानीय राजु रोकायाले बताए ।

शुक्रबार चंखेली गाउँपालिका –६ मेल्छामकी सात वर्षीया बिमारिया ऐडीलाई आमासँगै हिँडिरहेका बेला रानीवन क्षेत्रमा कुकुरले टोकेर घाइते बनाएको थियो । जिल्लामा ती बालिकाको उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ । अहिले उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले स्थानीय महिलासँग कुकुरको उचित व्यवस्थापन गरिने बताएका छन् ।

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा