सिद्धिचरण राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते « Khabarhub

सिद्धिचरण राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– सिद्धिचरण लोकमार्गको कटारी मरुवा खण्डमा  बोलेरो जिप दुर्घटना हुँदा एक मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी बजारबाट कटारी नगरपालिकाकै वडा नम्वर ८ मा पर्ने सिरिरे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । 

दुर्घटनामा कटारी नगरपालिका– ८ पाखाटोलका ३८ वर्षे बिक्रम रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । दुर्घटनामा गम्भिर घाइते भएका रानामगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते हुनेहरूमा कटारी नगरपालिका– ८ पट्नाभज्याङकी ३० वर्षे दिलमाया मगर, १७ वर्षे मनोज खड्का, घुम्तीकै दिपक श्रेष्ठको सात वर्षे छोरा दिवश श्रेष्ठ, ४८ वर्षकी बुद्धमाया श्रेष्ठ, ३६ वर्षीय वेदकुमारी थापा मगर रहेको र घाइते सबैको उपचार कटारी अस्पतालमा भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

बोलेरो चालक कटारी नगरपालिका– ८ बस्ने २६ वर्षीय प्रेमबहादुर श्रेष्ठ तत्काल फरार रहेकाले खोजी भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : ४५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष