साउदी गएका २ सय २४ नेपालीको मृत्यु, ३४ महिलाको उद्धार  | Khabarhub Khabarhub

साउदी गएका २ सय २४ नेपालीको मृत्यु, ३४ महिलाको उद्धार 


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – वैदेशिक रोजगारीका क्रममा गत वर्ष साउदी पुगेका २ सय २४ जना नेपाली कामदारको मृत्यु भएको छ।

रियादस्थित नेपाली दूतावासले सन् २०२१ मा दूतावासले गरेका मुख्य कामहरूको तथ्यांकगत विवरण सार्वजनिक गर्ने क्रममा दुर्घटना लगायत विविध कारणले एक वर्षमा २ सय २४ नेपाली कामदारको मृत्यु भएको जनाएको छ। मृत्यु भएकामध्ये १८९ जनाको शव स्वदेश फर्काइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृतकका परिवारलाई मृत्यु पूर्व साउदीमा पाउनुपर्ने ३३ लाख ८२ हजार ६ सय ६८ साउदी रियाल परिवारलाई पठाइएको पनि जनाएको छ।

यसैगरी, अढाई वर्षदेखि दूतावासको शेल्टरमा रहेका ह्विल-चेयर बिरामी वेदबहादुर भुजेलको अस्पताललाई भुक्तानी गर्न बाँकी ८ लाख २३ हजार साउदी रियाल ( करिब अढाई करोड रुपैयाँ ) अस्पतालबाट माफी गराई स्वदेश पठाइएको जनाएको छ।

सडक दुर्घटनामा मृत्यु भएका २ सय ४ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको अदालतमा दायर तथा सुनवाइ भएका मध्ये ३७ को फैसला भएको २४ वटा फैसलाबाट आएको  १३ लाख ८६ हजार ५०० साउदी रियाल ब्लडमनी प्राप्त गरी मृतकका परिवारको नाममा पठाइएको दूतावासले जनाएको छ ।

३४ नेपाली महिलाको उद्धार

दूतावासले एक वर्षको अवधिमा ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ ।

२०२१ मा साउदीमा समस्यामा परेका नेपाली महिलाको विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा केही समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

उनीहरूलाई को विभिन्न समयमा उद्धार गरी दूतावासको सेल्टरमा राखेर स्वदेश पठाइएको हो । दूतावास र घरफिर्तिकेन्द्रको समन्वयमा विभिन्न घरफिर्ति केन्द्रमा रहेका १ हजार ९ सय ८६ नेपालीलाई स्वदेश फर्काइएको समेत जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : ५१ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन