साउदी गएका २ सय २४ नेपालीको मृत्यु, ३४ महिलाको उद्धार  « Khabarhub

साउदी गएका २ सय २४ नेपालीको मृत्यु, ३४ महिलाको उद्धार 


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – वैदेशिक रोजगारीका क्रममा गत वर्ष साउदी पुगेका २ सय २४ जना नेपाली कामदारको मृत्यु भएको छ।

रियादस्थित नेपाली दूतावासले सन् २०२१ मा दूतावासले गरेका मुख्य कामहरूको तथ्यांकगत विवरण सार्वजनिक गर्ने क्रममा दुर्घटना लगायत विविध कारणले एक वर्षमा २ सय २४ नेपाली कामदारको मृत्यु भएको जनाएको छ। मृत्यु भएकामध्ये १८९ जनाको शव स्वदेश फर्काइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृतकका परिवारलाई मृत्यु पूर्व साउदीमा पाउनुपर्ने ३३ लाख ८२ हजार ६ सय ६८ साउदी रियाल परिवारलाई पठाइएको पनि जनाएको छ।

यसैगरी, अढाई वर्षदेखि दूतावासको शेल्टरमा रहेका ह्विल-चेयर बिरामी वेदबहादुर भुजेलको अस्पताललाई भुक्तानी गर्न बाँकी ८ लाख २३ हजार साउदी रियाल ( करिब अढाई करोड रुपैयाँ ) अस्पतालबाट माफी गराई स्वदेश पठाइएको जनाएको छ।

सडक दुर्घटनामा मृत्यु भएका २ सय ४ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको अदालतमा दायर तथा सुनवाइ भएका मध्ये ३७ को फैसला भएको २४ वटा फैसलाबाट आएको  १३ लाख ८६ हजार ५०० साउदी रियाल ब्लडमनी प्राप्त गरी मृतकका परिवारको नाममा पठाइएको दूतावासले जनाएको छ ।

३४ नेपाली महिलाको उद्धार

दूतावासले एक वर्षको अवधिमा ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ ।

२०२१ मा साउदीमा समस्यामा परेका नेपाली महिलाको विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा केही समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

उनीहरूलाई को विभिन्न समयमा उद्धार गरी दूतावासको सेल्टरमा राखेर स्वदेश पठाइएको हो । दूतावास र घरफिर्तिकेन्द्रको समन्वयमा विभिन्न घरफिर्ति केन्द्रमा रहेका १ हजार ९ सय ८६ नेपालीलाई स्वदेश फर्काइएको समेत जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : ५१ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन