मांगलिक दोषले विवाहमा अड्चन आएको छ ? यो हो उपाय « Khabarhub

मांगलिक दोषले विवाहमा अड्चन आएको छ ? यो हो उपाय


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मांगलिक हुनु एक प्रकारको दोष हो । मांगलिक दोष हुँदा वैवाहिक जीवनमा अनेक प्रकारका कष्टको सामना गर्नुपर्ने ज्योतिषिय मान्यता छ । मांगलिक दोष मंगल ग्रहका कारण कुंडलीमा बन्दछ ।

जुन व्यक्तिको कुण्डलीमा मंगल लग्न भाव, चौथो भाव, सातौं भाव, आठौं भाव र १२औं भावमा हुन्छ उसले मांगलिक दोषको सामना गर्नुपर्ने ज्योतिषिय मान्यता छ । मांगलिक दोष भएका जातकको मांगलिक व्यक्तिसंगको विवाह शुभ हुन्छ । यस्तोमा मांगलिक दोषबाट मुक्ति पाउन निम्न उपाय गर्न सकिन्छ ।

कुम्भ विवाह 
यो एक प्रकारको काल्पनिक विवाह हो । यसमा कुनै घडाका साथ वैवाहिक प्रकृया पूरा गरी यसलाई फुटाइन्छ । मान्यता अनुसार यसो गरे मंगल दोष समाप्त भएर जान्छ ।

नीमको बिरुवा
जहाँ बसाई भए पनि अनुकुल स्थानमा एक निमको बिरुवा रोपी यसलाई ठुलो हुन्जेल सम्भार गरेर हुर्काउनु पर्दछ वा ठुलो बोट नै लगाएर ४३ दिनसम्म हेरचाह गर्नु पर्दछ । यसो गरेमा मांगलिक दोष निवारण हुने ज्योतिषिय मान्यता छ ।

हनुमान चालीसा 
हनुमान चालीसाको न्युनतम १ हजार ८ पटक पाठ, नियमित हनुमानको उपासना गरे मांगलिक दोषबाट मुक्त हुन सकिने ज्योतिषिय मान्यता छ । यस अलावा कुकुरलाई रोटी ख्वाए, चाँदीको सिक्रि धारण गरे र ज्योतिषको सल्लाह लिए वा मांगलिक दोषको शान्ती गरे यसबाट मुक्त भइने ज्योतिषिय मान्यता छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : १२ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति