मांगलिक दोषले विवाहमा अड्चन आएको छ ? यो हो उपाय « Khabarhub

मांगलिक दोषले विवाहमा अड्चन आएको छ ? यो हो उपाय


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मांगलिक हुनु एक प्रकारको दोष हो । मांगलिक दोष हुँदा वैवाहिक जीवनमा अनेक प्रकारका कष्टको सामना गर्नुपर्ने ज्योतिषिय मान्यता छ । मांगलिक दोष मंगल ग्रहका कारण कुंडलीमा बन्दछ ।

जुन व्यक्तिको कुण्डलीमा मंगल लग्न भाव, चौथो भाव, सातौं भाव, आठौं भाव र १२औं भावमा हुन्छ उसले मांगलिक दोषको सामना गर्नुपर्ने ज्योतिषिय मान्यता छ । मांगलिक दोष भएका जातकको मांगलिक व्यक्तिसंगको विवाह शुभ हुन्छ । यस्तोमा मांगलिक दोषबाट मुक्ति पाउन निम्न उपाय गर्न सकिन्छ ।

कुम्भ विवाह 
यो एक प्रकारको काल्पनिक विवाह हो । यसमा कुनै घडाका साथ वैवाहिक प्रकृया पूरा गरी यसलाई फुटाइन्छ । मान्यता अनुसार यसो गरे मंगल दोष समाप्त भएर जान्छ ।

नीमको बिरुवा
जहाँ बसाई भए पनि अनुकुल स्थानमा एक निमको बिरुवा रोपी यसलाई ठुलो हुन्जेल सम्भार गरेर हुर्काउनु पर्दछ वा ठुलो बोट नै लगाएर ४३ दिनसम्म हेरचाह गर्नु पर्दछ । यसो गरेमा मांगलिक दोष निवारण हुने ज्योतिषिय मान्यता छ ।

हनुमान चालीसा 
हनुमान चालीसाको न्युनतम १ हजार ८ पटक पाठ, नियमित हनुमानको उपासना गरे मांगलिक दोषबाट मुक्त हुन सकिने ज्योतिषिय मान्यता छ । यस अलावा कुकुरलाई रोटी ख्वाए, चाँदीको सिक्रि धारण गरे र ज्योतिषको सल्लाह लिए वा मांगलिक दोषको शान्ती गरे यसबाट मुक्त भइने ज्योतिषिय मान्यता छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : १२ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक