सत्ता गठबन्धनमा एमसीसीबारे निर्णायक छलफल हुँदै « Khabarhub

सत्ता गठबन्धनमा एमसीसीबारे निर्णायक छलफल हुँदै


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) स‌ंसदमा टेबल गरेर पारित गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज (बिहीबार) निर्णायक छलफल हुँदैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग दिउँसो ३ बजे बैठक बोलाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्ने तयारीमा रहेको सरकार दुई दिन पछि सार्न बाध्य भएको थियो ।

गठबन्धनमा रहेका अन्य चारै दल विपक्षीमा उभिएपछि एमसीसी अघि बढ्न नसकेको हो। गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने बताएको छ । अर्को जनता समाजवादी पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीकै निर्णय पर्खिरहेको छ।

माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णयबारे जानकारी गराउन र एमसीसीबारे थप छलफल गर्नका लागि अध्यक्ष प्रचण्ड बुधबार बिहान बालुवाटार पुगे । जहाँ उनले पार्टीको निर्णय र आफ्नो बाध्यता प्रधानमन्त्रीलाई सुनाएका थिए ।

आफ्नो पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डले देउवासँग बताएका थिए । चुनाव नजिकिएको भन्दै उनले एक वर्षपछि सार्न प्रयास गर्न देउवालाई आग्रह गरे । तर देउवाले त्यसमा सहमति जनाएनन् ।

तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने बताएका थिए । एक्ला-एक्लै भएको भेटबारे दुवै नेताले आफूनिकट नेतालाई जानकारी गराएका थिए ।

गठबन्धन सरकारको नेतृत्व गरेका देउवा सहयात्री दलनै साथ नदिँदा समस्यामा परेका छन् । स्रोतकाअनुसार देउवाले प्रचण्डसँगको भेटमा भनेका थिए, ‘यसरी अघि बढ्न समस्या हुन्छ, गठबन्धनको निर्णायक बैठक बोलाएर निर्णय गरौँ ।’

देउवाको प्रस्तावलाई प्रचण्डले स्वीकार गर्दै गठबन्धनमा छलफल गरेर साझा विन्दू खोजी गर्न सकिने बताएका थिए।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ७ : ११ बजे

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।