वेस्ट इन्डिजबिरुद्ध भारतलाई अग्रता « Khabarhub

वेस्ट इन्डिजबिरुद्ध भारतलाई अग्रता


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा ६ विकेटको जित निकाल्दै शृंखलामा १-० को अग्रता बनाएको छ।

बुधबार कोलकत्तामा १५८ रनको विजयी लक्ष्य पाएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १६२ रन बनायो । भारतका कप्तान रोहित शर्माले ४०, इशान किशनले ३५ रन जोड्दा सूर्यकुमार यादवले अविजित ३४ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५७ रनको योगफल बनायो । वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रन, केली मेयर्सले ३१ रन तथा कप्तान केइरन पोलार्डले अविजित २४ रनको योगदान गरे ।

भारतका हर्सल पटेल र रबि बिश्नोईले २/२ विकेट लिए । यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको हो । दोस्रो खेल आज (बिहिबार) नै रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ७ : ५२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २८ गते बिहीबार चैत

आज २०८२ साल  गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २८ गते बिहीबार चैत

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा