भगवान् श्रीकृष्णले सपनामा देखेपछि मुस्लिमले बनाए मन्दिर « Khabarhub

भगवान् श्रीकृष्णले सपनामा देखेपछि मुस्लिमले बनाए मन्दिर


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको झारखण्ड दुमकामा साम्प्रदायिक सौहार्दको एक उदाहरणीय घटना भएको छ । दुमकाको रानीश्वर हामिदपुर निवासी एक मुस्लिम व्यक्ति नौशाद शेखले ४० लाख भारुको लागतमा भगवान् श्रीकृष्णको मन्दिर बनाइरहेका छन् ।

भगवान् श्रीकृष्णको पार्थ सारथि मन्दिर अहिले चर्चामा छ । रानीश्वरका उपप्रमुख नौशादले सन् २०१९ मा यस मन्दिरको निर्माण शुरु गरेका थिए । नौशादले हिन्दु देवता श्रीकृष्णको मन्दिर बनाउनुमा रोचक कारण छ।

पश्चिम बंगालको मायापुर घुम्न गएको बेला नौशादको सपनामा भगवान् श्रीकृष्ण आएका थिए । नौशादलाई श्रीकृष्णले आफू उनकै इलाकामा बिराजमान रहेको र फर्किन सपनामा भनेको उनको दाबी छ । त्यसपछि नौशाद स्वयम्ले मन्दिर बनाउन तयारी थालेका हुन् ।

नौशादले पार्थ सारथि मन्दिरको प्राण–प्रतिष्ठा १४ फेब्रुअरीमा गराएका छन् । उनले मन्दिरमा पहेँलो वस्त्रमा १०८ महिलालाई कलश यात्रा निकालेर ५१ पुरोहितले वैदिक मन्त्र उच्चारण गरेर यस अनुष्ठान सम्पन्न गराएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : ४२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २८ गते बिहीबार चैत

आज २०८२ साल  गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २८ गते बिहीबार चैत

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा