भगवान् श्रीकृष्णले सपनामा देखेपछि मुस्लिमले बनाए मन्दिर « Khabarhub

भगवान् श्रीकृष्णले सपनामा देखेपछि मुस्लिमले बनाए मन्दिर


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको झारखण्ड दुमकामा साम्प्रदायिक सौहार्दको एक उदाहरणीय घटना भएको छ । दुमकाको रानीश्वर हामिदपुर निवासी एक मुस्लिम व्यक्ति नौशाद शेखले ४० लाख भारुको लागतमा भगवान् श्रीकृष्णको मन्दिर बनाइरहेका छन् ।

भगवान् श्रीकृष्णको पार्थ सारथि मन्दिर अहिले चर्चामा छ । रानीश्वरका उपप्रमुख नौशादले सन् २०१९ मा यस मन्दिरको निर्माण शुरु गरेका थिए । नौशादले हिन्दु देवता श्रीकृष्णको मन्दिर बनाउनुमा रोचक कारण छ।

पश्चिम बंगालको मायापुर घुम्न गएको बेला नौशादको सपनामा भगवान् श्रीकृष्ण आएका थिए । नौशादलाई श्रीकृष्णले आफू उनकै इलाकामा बिराजमान रहेको र फर्किन सपनामा भनेको उनको दाबी छ । त्यसपछि नौशाद स्वयम्ले मन्दिर बनाउन तयारी थालेका हुन् ।

नौशादले पार्थ सारथि मन्दिरको प्राण–प्रतिष्ठा १४ फेब्रुअरीमा गराएका छन् । उनले मन्दिरमा पहेँलो वस्त्रमा १०८ महिलालाई कलश यात्रा निकालेर ५१ पुरोहितले वैदिक मन्त्र उच्चारण गरेर यस अनुष्ठान सम्पन्न गराएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : ४२ बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको