एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु « Khabarhub

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।

गौशालाबाट रामनगरतर्फ जादै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बुधबार बेलुकी पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ११ : ३४ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति