सीमामा हुने अपराध नियन्त्रणका लागि नेपाल-भारतका सुरक्षा अधिकारीबीच छलफल « Khabarhub

सीमामा हुने अपराध नियन्त्रणका लागि नेपाल-भारतका सुरक्षा अधिकारीबीच छलफल


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबीच भारतको जोलजिविमा छलफल भएको छ ।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दार्चुला र भारतको पिथौरागढका सुरक्षा अधिकारीहरु बिच भारतको जोलजिविमा बुधबार सीमा सुरक्षा बैठक बसेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराध, चेलिबेटी बेचविखन, तस्करी लगायतका आपराधिक क्रियाकलापविरुद्ध दुबै देशका सुरक्षाकर्मीको सहयोग र सहकार्यका विषयमा बैठकमा छलफल गरिएको डिएसपी भट्टले बताए ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच बेलाबेला यस्ता किसिमका बैठक हुने गरेका छन् । यस वर्ष ७ पटक नेपाल–भारतका सीमा सुरक्षा अधिकारीबीच बैठक भएको उनले बताए । आवश्यकताका आधारमा एकदेखि डेढ महिनामा यस्ता किसिमका बैठक हुँदै आएको डीएसपी भट्टले बताए । यस अघि दार्चुला र भारतको पिथौरागढका प्रमुख जिल्ला अधिकारी स्तरमा भर्चुअल रुपमा बैठक भएको थियो ।

कोरोनाको दोस्रो लहर पछि सीमा सुरक्षा अधिकारीहरुको यो पहिलो बैठक

सीमा सुरक्षा अधिकारीहरुको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्ट, दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्ट, दत्तु विओपी तथा प्रहरी चौकीका प्रमुख, लालि विओपी तथा प्रहरी चौकीका प्रमुख लगायत सीमा क्षेत्रमा रहेका सुरक्षा निकायका प्रमुखहरुको सभागिता रहेको डीएसपी भट्टले बताए ।

भारतको तर्फबाट सीमा बैठकमा एसएसबी ५५ वी बाहिनी एचोलीका एसएसबी कमाण्डेन्ट अजय पाण्डे, धार्चुलाका एसएसबी प्रमुख, प्रहरी प्रमुख लगायत सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १० : १० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने