सीमामा हुने अपराध नियन्त्रणका लागि नेपाल-भारतका सुरक्षा अधिकारीबीच छलफल « Khabarhub

सीमामा हुने अपराध नियन्त्रणका लागि नेपाल-भारतका सुरक्षा अधिकारीबीच छलफल


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबीच भारतको जोलजिविमा छलफल भएको छ ।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दार्चुला र भारतको पिथौरागढका सुरक्षा अधिकारीहरु बिच भारतको जोलजिविमा बुधबार सीमा सुरक्षा बैठक बसेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराध, चेलिबेटी बेचविखन, तस्करी लगायतका आपराधिक क्रियाकलापविरुद्ध दुबै देशका सुरक्षाकर्मीको सहयोग र सहकार्यका विषयमा बैठकमा छलफल गरिएको डिएसपी भट्टले बताए ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच बेलाबेला यस्ता किसिमका बैठक हुने गरेका छन् । यस वर्ष ७ पटक नेपाल–भारतका सीमा सुरक्षा अधिकारीबीच बैठक भएको उनले बताए । आवश्यकताका आधारमा एकदेखि डेढ महिनामा यस्ता किसिमका बैठक हुँदै आएको डीएसपी भट्टले बताए । यस अघि दार्चुला र भारतको पिथौरागढका प्रमुख जिल्ला अधिकारी स्तरमा भर्चुअल रुपमा बैठक भएको थियो ।

कोरोनाको दोस्रो लहर पछि सीमा सुरक्षा अधिकारीहरुको यो पहिलो बैठक

सीमा सुरक्षा अधिकारीहरुको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्ट, दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्ट, दत्तु विओपी तथा प्रहरी चौकीका प्रमुख, लालि विओपी तथा प्रहरी चौकीका प्रमुख लगायत सीमा क्षेत्रमा रहेका सुरक्षा निकायका प्रमुखहरुको सभागिता रहेको डीएसपी भट्टले बताए ।

भारतको तर्फबाट सीमा बैठकमा एसएसबी ५५ वी बाहिनी एचोलीका एसएसबी कमाण्डेन्ट अजय पाण्डे, धार्चुलाका एसएसबी प्रमुख, प्रहरी प्रमुख लगायत सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १० : १० बजे

ट्रम्पपछि बेइजिङमा पुटिन, विश्व राजनीति चीन–रुस धुरीतर्फ केन्द्रित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको