आरन व्यवसाय बिस्तारै लोप हुँदै « Khabarhub

आरन व्यवसाय बिस्तारै लोप हुँदै


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गाउँघरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय बिस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि बिस्तारै लोप हुने अवस्थामा पुगेको हो ।

पुर्खौँदेखि चल्दै आएको यस व्यवसाय बजार मै तयारी भएका साधन आएपछि यसको महत्त्व पनि त्यत्तिकै कमी भएको आरन व्यवसायीको गुनासो छ । गाउँघरमा चलाउँदै आएका हँसिया, बन्चरो जस्ता हतियार बिस्तारै लोप हुँदै गएको मर्स्याङ्दी गाउँपालिका ५ छिचुका ६१ वर्षीय सन्त कामी बताउँछन् ।

‘पहिला–पहिला बजारमा पनि त्यस्ता साधन पाँइदैन्थ्यो केही खर्च दिएर हँसिया बन्चरोजस्ता घरायसी चाहिने हतियार बनाउन स्थानीयको चाप हुने गर्दथ्यो,’ उनले भने, ‘अहिले कतै कतैबाट मात्र यस्ता साधन बनाउन आउँछन् ,बजारमा उत्पादित सामानले हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको छ ।’

समय परिवर्तनसँगै बिस्तारै गाउँघरमा परम्परागत रुपमा चलिआएका पेसा पनि लोप हुने स्थितिमा रहेको छिचुका ७८ वर्षीय हर्कबहादुर विक बताउँछन् ।

यस्ता पुराना पेसालाई संरक्षण गरेमा स्थानीय स्तरका स्रोत साधनको पनि भविष्यमा राम्रो अवस्था आउने मर्स्याङ्दी गाउँपालिका-५ का वडाध्यक्ष लेखमान गुरुङ बताउँछन् । गाउँघरमा भएका साधन, स्रोत र सिपलाई प्रयोगमा ल्याउँदा दिगो र टिकाउ हुने गुरुङको भनाई छ ।

पुर्ख्यौली सीप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केही नभएकाले पनि यसै व्यवसायमा दिन काट्नु परेको मर्स्याङ्दी गाउँपालिका ५ निउरीका मनबहादुर कामीको भनाई छ । ‘मैले बुबासँग हँसिया, बन्चरो बनाउने सीप सिकेकाले पनि अहिले मलाई अन्य केही आम्दानीको स्रोत नभए पनि यो सिप काम लागेको छ,’ उनले भने, ‘त्यसैले पुर्ख्यौली पेसा र सीपलाई बचाई आम्दानीको स्रोत बनाउन मेरा परिवारलाई सम्झाउँदै आएको र यसैलाई आफ्नो रोजीरोटीको रूपमा लिँदै आएको छु ।’

पहिले-पहिले यसै पेसाले घरपरिवारको एक गाँस खुवाउन केही सहयोग पुगेको थियो भने जनसंख्या वृद्धि र बेरोजगारीको समस्याले गर्दा गाउँघरका अन्य समुदायको हँसिया, बन्चरो बनाउँदा बर्सेनि एक घरले एक दुई पाथी मकै वा गहुँ दिने गरेकाले यस व्यवसायबाट घरपरिवार पाल्न समस्या भएको सोमबहादुर कामीले बताए ।

एउटा हसियाँको ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउँदै कामीले हँसिया बनाउन एक दिन लाग्ने र त्यो पनि बिक्री नहुने हुँदा सबैले यस्ता पेसा छोड्दै कामका लागि खाडी मुलुक जानुपर्ने अवस्था आउँदा पेसा नै पलायन हुन लागेको बताए ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १० : ५९ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको