महोत्तरीका जङ्गल तस्कर र अतिक्रमणको चपेटामा  | Khabarhub Khabarhub

महोत्तरीका जङ्गल तस्कर र अतिक्रमणको चपेटामा 


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीका सामुदायिक जङ्गलहरू काठ तस्करको निसानामा परेका छन् । सामुदायिक वन तथा सागरनाथ परियोजना अन्तर्गतका रूख बिरूवाहरू काटेर काठ तस्करी बढी रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

जिल्ला वन कार्यालय महोत्तरीको तथ्याङ्कका अनुसार गत साउनदेखि माघसम्ममा मात्रै जिल्लाका विभिन्न ठाउँबाट चोरी निकासी हुँदै गरेका चार सय ५० क्युफिट काठ बरामद भएको छ ।

जसमध्ये तीन सय क्युफिट चिरान र एक सय ५० क्युफिट गोलिया छन् । बरामद सबै काठ साल (सखुवा) जातका छन् जुन प्रतिबन्धित काठ अन्तर्गत पर्दछ ।

काठ चोरी तस्करी रोक्न डिभिजन तथा सबडिभिजन वन कार्यालयहरूले अभियान नै सञ्चालन गरेका छन् । तर, यस्ता अभियानका बाबजुद पनि काठ तस्करी नरोकिएको स्थानियहरूको आरोप छ ।

डिभिजन वन प्रमुख विनोदकुमार सिंहका अनुसार तस्करी बढेको जानकारी पाएपछि सक्रियता बढाएको र सोहीकारण विभिन्न तस्कर र उद्योगहरूबाट अवैध काठ बरामद भएको छ । उनका अनुसार गौशाला नगरपालिका अन्तर्गत इमली बजारमा सञ्चालित राजेश महतोको काठ मिलबाट, बर्दिबासको अनिल फर्निचरबाट, औरहीमा रामवरण मण्डलको काठ मिलबाट र वर्दिबास–३ पाटुमा सञ्चालित एक उद्योगबाट छापा मारेर काठ बरामद गरिएको छ ।

वनले जिल्लाका विभिन्न ठाउँमा काठ तस्कर गरेको आरोपमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ भने तस्करीको घटनामा मुछिएका आधा दर्जनभन्दा बढी फरार छन् ।

फरारमध्येका प्रतिवादी रवीन्द्र सिंहलाई भने सवडिभिजन वन कार्यालय बर्दिवासले पक्राउ गरेको छ । सवडिभिजन वन कार्यालयका वन अधिकृत सन्तोष यादवका अनुसार उनीविरूद्ध वन अपराध मुद्दामा कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

तस्करीमा अत्याधुनिक हतियार प्रयोग

तस्करहरूले काठ चोरी गर्न सजिलो हुने वन पहिचान गरेर सोही अनुसार तस्करी गरिरहेका छन् । जङ्गलभित्र लिक बनाएर कतिपय ठाउँमा त ट्रयाक्टर तथा काठ कटान गर्न अत्याधुनिक हतियार समेत प्रयोग गरेको छन् ।

वनका कर्मचारीहरूको आँखा नपुग्ने ठाउँमा तस्करहरूले वन मासिरहेको विभिन्न घटनाहरूले पुष्टि गरेका छन् । बर्दिवासको उत्तरी क्षेत्र दमार भञ्ज्याङवाट गत १९ पुसमा १९ थान चिरान काठ बरामद हुनुले महोत्तरीका उत्तरी क्षेत्रका घना जङ्गलमा समेत व्यापक तस्करी भइरहेको स्थानीयहरूको भनाइ छ ।

‘विकट क्षेत्रमा वनका कर्मचारीको आँखा पुग्न नसक्ने ठानेर दमार भञ्ज्याङ जस्ता ठाउँमा व्यापक काठ तस्करी भएको अनुमानसहित हाम्रो गस्ती त्यसतर्फ पनि केन्द्रित भएको छ ।’ जिल्ला वन प्रमुख विनोद सिंहले भने ।

चोरी तस्करीमा ट्रयाक्टर र मोटरसाइकलको प्रयोग

तस्करहरूले चोरीको शैली समेत परिवर्तन गरेको बताउँछन् सशस्त्र वन रक्षक प्रमुख अवतार लामा । उनले भने, ‘पहिले तस्करहरू गाडा, साइकल तथा बोकेर लैजाने गर्थे । आजकाल ट्रयाक्टर, मोटरसाइकल समेत प्रयोग हुने गरेका छन् ।’ उनले भने ।

साउनदेखि माघसम्मको अवधिमा आठ थान मोटरसाइकल, १२ थान साइकल र एक थान ट्रयाक्टर नियन्त्रण लिएर कारवाही प्रक्रिया अगाडि बढाएको प्रमुख लामाले जानकारी दिए ।

केही दिन अगाडिमात्रै पनि गौशाला नगरपालिकाको वडा नम्बर १ स्थित बुढीढाँटीको जङ्गली क्षेत्रवाट ज१त ७८३९ नम्बरको ट्रयाक्टरबाट ९० क्युफिट सालको काठ फेला पर्यो, त्यसैगरी विभिन्न ठाउँबाट आठ थान मोटरसाइकलसहित फर्निचर बनाउन प्रयोग गरिने मेसिन र वन्यजन्तु मार्न प्रयोग गरिने जाल समेत फेला पर्यो । यसरी हेर्दा जिल्लाका वनहरू असुरक्षित बन्दै गएको स्थानीयको भनाइ छ ।

काठमात्रै हैन वन्यजन्तु समेत मार्ने भएकाले जिल्लाका वनहरूको अस्तित्वमा नै गम्भीर संकट आउन सक्ने वातावरण अभियन्ताहरू बताउँछन् । वन तस्कर मात्र हैन जङ्गल मासेर बस्ती बसाउने भू–माफियाहरूको चलखेल पनि त्यतिकै बढी रहेको छ । विशेषगरी बर्दिवास नगरपालिकामा यसको असर टड्कारो रूपमा देखा परेको छ ।

आफ्ना वरपरका जग्गाको नाप तथा आकार बढाउने उदेश्यले नगरभित्रको कालापानी, पाटु, राइमन्डल, खयरमारा जस्ता ठाउँमा वन अतिक्रमण भैइरहेको गुनासो बढी रहेको छ ।

तल्लो पाटुस्थित रातु नदीको छेउमा स्थानीयद्वारा संरक्षित जङ्गल फडानी गरेर बिघौं अतिक्रमण गरिएको छ । ‘हामीले पटकपटक सर्च गरायौं । तर, सम्बन्धित निकायको मौनताले समस्या बनिरहेको छ ।’ स्थानीय अर्जुन खड्का बताउँछन् ।

वन अतिक्रमणको प्रमाणसहित नगरमा जाँदा पनि त्यसको सुनुवाइ नभएको उनको भनाइ छ । तल्लो पाटुस्थित रातु नदीको छेउमा मात्र झन्डै १० बिगा संरक्षित जङ्गल अतिक्रमणको चपेटामा छ । राइमण्डल डाडामा त वन अतिक्रमण गरेर पाँच कठ्ठामा लगएको रहर नै नष्ट गरेको थियो ।

बुधबार मात्रै पनि सशस्त्र वन सुरक्षा साखाबाट खटिएको टोलीले खयरमाराको दमार भञ्ज्याङबाट १६ थान चिरान काठ बरामद गरेको सव डिभिजन कार्यालय माइस्थानका प्रमुख सन्तोष यादवले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १२ : ५१ बजे

टिवानको टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं– टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको

रामेछापमा बस दुर्घटना, १० जना घाइते

रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा न ६ स्थित गैरी

एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार

 देवघाटमा एक सय ४२ आयोजना सम्पन्न

दमौली– देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

काँक्रेविहार– कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको