क्यारोलिना बनिन् विश्व सुन्दरी « Khabarhub

क्यारोलिना बनिन् विश्व सुन्दरी


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको विश्व सुन्दरी प्रतियोगितामा पोल्याण्डकी क्यारोलिना बेइलावस्काले उपाधि जितेकी छन् ।

अमेरिकी टापु राज्य पुएर्तोरिकोमा बिहिबार बिहान मात्र सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा क्यारोलिना विजेता घोषित भएकी हुन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिराइन् ।

मिस वर्ल्डको मुख्य विधा मानिने ब्युटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ । पीएचडी गर्ने तयारीमा रहेकी क्यारोलिना मोडल समेत हुन् ।

क्यारोलिन टाइटल विजेता बनेसँगै अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भएका छन् ।

कोरोना भाइरस महामारीको कारण यस पटकको फिनालेमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनोट हुन सकिनन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ३ : ५२ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक