भोजपुरस्थित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन « Khabarhub

भोजपुरस्थित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भारत सरकारको सहयोगमा भोजपुरमा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले अस्पताल भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा खम्पाले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताइन् ।

त्यस्तै, मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरेका थिए ।

समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति थियो ।

भारत सरकारले नेपाली रुपैयाँ २ करोड २६ लाखको लागतमा अस्पताल भवन निर्माण गरिदिएको हो ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यो परियोजना पूरा गरिएको हो । महोत्सवअन्तर्गत यो परियोजना यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो ।

यस अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसलाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच पुग्ने दूतावासको विश्वास छ ।

१५ शैयाको यो अस्पतालमा प्रसुति कक्ष, चौबिसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतीक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुकका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ३ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्