भोजपुरस्थित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन « Khabarhub

भोजपुरस्थित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भारत सरकारको सहयोगमा भोजपुरमा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले अस्पताल भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा खम्पाले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताइन् ।

त्यस्तै, मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरेका थिए ।

समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति थियो ।

भारत सरकारले नेपाली रुपैयाँ २ करोड २६ लाखको लागतमा अस्पताल भवन निर्माण गरिदिएको हो ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यो परियोजना पूरा गरिएको हो । महोत्सवअन्तर्गत यो परियोजना यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो ।

यस अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसलाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच पुग्ने दूतावासको विश्वास छ ।

१५ शैयाको यो अस्पतालमा प्रसुति कक्ष, चौबिसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतीक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुकका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ३ : ५६ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर