नाइजेरियामा हिंसात्मक घटना बढ्दै, दुई कारागार अधिकारीको गोली हानी हत्या « Khabarhub

नाइजेरियामा हिंसात्मक घटना बढ्दै, दुई कारागार अधिकारीको गोली हानी हत्या


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नाइजेरियाको दक्षिणी राज्य इमोमा दुई कारागार अधिकारीको गोली हानी हत्या गरिएको छ । कारागारका दुई अधिकारीहरू राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीहरूले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार सेवाका प्रवक्ता गुडलक उबोइगबुलमले जनाए । उनले घटनाको पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताएका छन् ।

बुधबार नाइजेरियको नाइजर राज्यस्थित नाग्मा प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा पनि १० जनाको हत्या गरिएको थियो ।  स्थानीय सुरक्षा अधिकारीले केही बन्दुक हमलाबाट कम्तीमा १० जनाको हत्या भएको बताएका थिए ।

नाइजरका प्रहरी प्रमुख बाला कुरियर्सले सोमबार नाग्मा प्रहरी चौकीमा बन्दुकधारीले गरेको हमलामा परी तीन जना प्रहरी अधिकारी मारिएको बताएका थिए । त्यसपछि मंगलबार पनि बन्दुकधारीहरूले सोही चौकीमा हमला गरेका उनले बताए ।

नाइजरको सहर म्याग्मा प्रहरी कार्यालयमा मंगलबार पनि अन्धाधुन्ध गोली प्रहार गरेर थप तीन प्रहरीको हत्या भएको थियो । मंगलबारको गोली प्रहारमा परी चार जना सर्वसाधारण पनि मारिएको बताइएको छ । मंगलबार मारिएका चार सर्वसाधारण माग्माका गाउँले रहेका पनि ती प्रहरी प्रमुखले जानकारी दिए ।

यस क्षेत्रमा विगतका केही महिनादेखि बन्दुकधारीहरूले अन्धाधुन्ध गोली हानेर सर्वसाधारण र सुरक्षाकर्मीको ज्यान लिने क्रम बढेको अधिकारीहरूले जनाएका छन् । 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ४ : २० बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर