युक्रेन युद्धबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक डाकियो « Khabarhub

युक्रेन युद्धबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक डाकियो


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक डाकिएको छ । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक डाकिएको हो

‘बेलायत, अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिकाले सुरक्षा परिषद्को बैठक डाकेका छन् । रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ । युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो ।’ संयुक्त राष्ट्रसंघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा लेखेको छ ।

बेलारुसमा भइरहेको छलफलमार्फत रुस र युक्रेनले वार्ताका माध्यमबाट समाधानका लागि निरन्तर प्रयास गरिरहेको बेला सुरक्षा परिषद्को बैठक डाकिएको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको शान्ति वार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको बताएका छन् ।

‘वार्ता अझै प्रगतिमा छ । वार्ता एकदमै कठिन छ, र वार्ताको वर्तमान अवस्थाबारे भन्नुपर्दा, म यो जारी छ भन्न चाहन्छु ।’ जेलेन्स्कीले शान्ति वार्ताको स्थिति बारे सोध्दा उक्त टिप्पणी गरेका थिए ।

बुधवार चौथो चरणको वार्ता जारी रहँदा युक्रेनी वार्ता टोलीका सदस्यले दुई पक्ष अब सहमतिमा पुग्न इच्छुक रहेको उनले बताएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ५ : ३० बजे

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु