महाशिवरात्रिमा पशुपतिमा सजाइएको फूल गुर्जो अभियानलाई हस्तान्तरण « Khabarhub

महाशिवरात्रिमा पशुपतिमा सजाइएको फूल गुर्जो अभियानलाई हस्तान्तरण


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाशिवरात्रिमा पशुपतिमा सजाइएको फूल गुर्जो अभियानलाई  हस्तान्तरण गरिएको छ ।  

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन प्रयोग गरिएको सयपत्रीको फूल निःशुल्क गुर्जो अभियानलाई हस्तान्तरण गरेको हो ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन विभिन्न दाताले सहयोग गरेको करिब एक टन सयपत्री लगायत फूल गुर्जो अभियानलाई दिइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेले बताइन् ।

कोषले उपलब्ध गराएको फूलमा अन्य जडिबुटी पनि मिसाएर गुर्जोको धुलो र चिया बनाई देशका विभिन्न भागमा निःशुल्क सेवा गरिने भएको छ ।

गुर्जो लगायत ६० प्रकारका जडिबुटीमा सयपत्री लगायत फूल पनि उपयोगी हुने भएकाले कोषसँग लिइएको अभियानकर्मी कमलबहादुर राजलवटले बताए ।

फूलमा अन्य जडिबुटी पनि मिसाएर बनाइने गुर्जोको धुलो र चिया देशभर सञ्चालनमा रहेका गुरुकुलमा लगिने जनाइएको छ । गुरुकुलले चिनी र चियापत्ती मिसिएको चियाभन्दा गुर्जो लगायत जडिबुटीबाट बनेको चिया रुचाएकाले निःशुल्क सेवा गर्न लागिएको अभियानकर्मी राजलवटले जानकारी दिए  ।

गुर्जो लगायत जडिबुटीबाट बनेको चिया र धुलोले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने भएकाले उपयोगी मानिन्छ । कोरोना र मौसमी फ्लुबाट बच्न गुर्जोको चिया र धुलो सहयोगी हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

गुर्जोलाई संस्कृत भाषामा अमृता भनिन्छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोगी भएकाले यसलाई अमृत अर्थात् अमृता भनिएको हो ।

गुर्जोबाट बनेको चिया र धुलो गर्भवती महिला र छ वर्षभन्दा मुनिका बालबालिकाले भने उपयोग गर्नुहुँदैन । न्यून रक्तचाप भएकाले भने यसलाई बिरेनुन वा नुन राखेर खान सक्ने जनाइएको छ । उच्च रक्तचाप हुनेका लागि भने गुर्जोका परिकार राम्रो मानिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ६ : ३० बजे

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा